Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एसडीओ कार्यालयमा आगलागी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सिलगढ़ीको एसडीओ कार्यालयमा आगलागी भएको छ। बुधवार अबेरर राति एसआईआर प्रक्रिया चलिरहेको बेला कार्यालयबाट धुवाँ निस्किएको देखियो। विषय नजरमा परेपछि प्रधाननगर थाना पुलिस अनि दमकल विभागलाई खबर गरियो। घटनास्थलमा दमकलका दुईवटा इञ्जिन पुगे। कर्मचारीहरूको तत्परतामा लगभग 30 मिनटभित्रै आगो नियन्त्रणमा ल्याउन सफल भयो। यस घटनामा कुनै मानवीय क्षतिको खबर नभए पनि ठूलो मात्रामा सरकारी कागजातहरू जलेर नष्ट भएको हुन सक्ने आशङ्का गरिएको छ। आगो कसरी लाग्यो भन्ने विषयबारे छानबिन भइरहेको छ।
स्थानीय सूत्रअनुसार बुधवार राति लगभग 11.30 बजी एसडीओ कार्यालयभित्रबाट धुवाँ निस्किएको देखिएको थियो। त्यति बेला एसआईआरको काम चलिरहेको थियो। अचानक धुवाँ देखिएपछि तत्कालै प्रधाननगर थाना पुलिस र दमकल विभागलाई खबर गरियो। घटनास्थलमा दमकलका दुईवटा इञ्जिन पुगे। कर्मचारीहरूको तत्परतामा लगभग 30 मिनटमै आगो नियन्त्रणमा ल्याउन सकियो। जुन जुन कोठामा आगो लागेको थियो ती मुख्यतः मेजिस्ट्रेट कार्यालयका रूपमा प्रयोग हुँदै आइरहेको थियो। ती कोठासित सम्बन्धित विभागका अधिकारीहरूलाई जानकारी दिइएको छ।
दमकल विभागका फायर अफिसर धिरेन्द्र कुमार रायले भने, दमकलका दुईवटा इञ्जिन घटनास्थलमा पुगेर तत्कालै आगोलाई नियन्त्रणमा ल्याइयो। आगलागीको कारण के हो भन्ने विषयमा जाँच भइरहेको छ। प्रारम्भिक रूपमा युपीएस विस्फोटका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनामा कसैको पनि ज्यान गएको वा घाइते भएको खबर छैन। तर महत्त्वपूर्ण सरकारी कागजातहरू नष्ट भएको हुन सक्ने आशङ्काले प्रशासनिक क्षेत्रमा चिन्ता उत्पन्न भएको छ। अर्कातिर एसआईआर सम्बन्धी कुनै कागजात क्षतिग्रस्त भएको छ कि छैन भनेर पनि छानबिन गरिनेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.