Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

रेलको धक्काले हात्तीको मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सोमवार मात्र वन विभाग र रेल मन्त्रालयबीच बैठक भएको थियो। उक्त बैठकमा दुई वर्षभरि जङ्गल मार्गमा रेलको धक्काले कुनै हात्तीको मृत्यु नभएको हुँदा सन्तोष व्यक्त गरिएको थियो। साथै रेल र वन विभागबीच अझ बढ़ी समन्वयमाथि जोड़ दिइएको थियो। तर उक्त बैठकको छायाँ मेटिन नपाउँदै फेरि रेलको धक्काले एउटा हात्ती शावकको मृत्यु भएको छ। घटनामा माउ हात्ती पनि गम्भीर घाइते भएको छ। बुधवार राति 7.30 बजी आलिपुरद्वारदेखि सियालदाहतर्फ जाँदै गरेको डाउन कञ्चनकन्या एक्सप्रेसको धक्काले हात्ती शावकको मृत्यु भयो। बाख्राकोट र सेवक स्टेशनबीच एलेनबारी-मङपङ जङ्गल क्षेत्रमा रेलमार्गमै दुर्घटना भएको हो। यसकारण कञ्चनकन्या एक्सप्रेस रोक्नु परेको थियो। अहिले उक्त रेलमार्गमा रेल आवतजावत बन्द गरिएको छ।
खबर पाउन साथ रेल र वन अधिकारीहरू घटनास्थलतर्फ प्रस्थान गरेका छन्। आरोप-प्रत्यारोपको क्रम पनि आरम्भ भएको छ। जङ्गल मार्गमा रेल तोकिएको गतिमा नै चलिरहेको थियो भनेर रेल अधिकारीहरूको दाबी छ। डुवर्सका जङ्गलले घेरेको रेल मार्गबीच केही क्षेत्र हात्तीको करिडोर पर्छ। यसअघि रेलको धक्काले प्रायः हात्तीहरूको मृत्यु हुने गर्थ्यो। त्यसैले रेल मन्त्रालय र वन विभागबीच बैठकमा जङ्गल मार्गमा रेलको अधिकतम गति प्रति घण्टा 30 किमी राखिने निर्णय गरिएको थियो। यसले गर्दा केहीपल्ट दुर्घटना टार्न पनि सकिएको थियो। तर हात्तीको मृत्युले दुई वर्षपछि फेरि पुरानो दुखद स्मृति फर्किएको छ।
उत्तर बङ्गाल वनपाल (वन्यजन्तु) भास्कर जे. भी.ले हात्तीको मृत्युको खबर पुष्टि गरेका छन्।

तिनले भने, यो घटना कालेबुङ वन विभागअन्तर्गत क्षेत्रमा भएको हो। वनकर्मीहरूको टोली घटनास्थलतर्फ गइसकेको छ। घटनालाई दुर्भाग्यपूर्ण भन्दै तिनले थपे, रेलसित ठोक्किँदा एउटा हात्ती शावकको मृत्यु भएको छ। सम्भवतः आमा हात्ती पनि घाइते भएको छ। हामी उक्त हात्तीको स्वास्थ्यबारे चिन्तित छौँ। लगातार दुई वर्ष सबै राम्ररी चलेपछि फेरि भएको यो मृत्यु घटनाबाट हामीले पाठ लिनैपर्छ। आलिपुरद्वार डिभिजनका डीआरएम देवेन्द्र सिंहले भने, सियालदाहतर्फ जाँदै गरेको कञ्चनकन्या एक्सप्रेस केवल 30 किमि प्रतिघण्टा गतिमा चलिरहेको थियो। अचानक एक शावक र आमा हात्ती रेल मार्गमा चढ़ेपछि दुर्घटना भयो। हामी विस्तृत जाँच गरिरहेका छौँ। यो साँच्चिकै अनपेक्षित घटना हो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.