Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

जलढाका नदीको मैदानमा हात्तीको शव

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

गोरुमारा जङ्गलसित संलग्न जलपाइगढ़ी जिल्लाको मयैगुड़ी ब्लकअन्तर्गत रामसाईनजिक जलढाका नदीको मैदानमा हात्तीको मृत शरीर फेला परेको छ। मृत हात्ती भेटाइएपछि क्षेत्रमा होहल्ला मच्चिएको छ। शुक्रवार बिहान स्थानीय मानिसहरूले हात्तीको शव देखेपछि त्यसबारे खबर फैलियो। प्राथमिक अनुमानअनुसार हात्तीको मृत्यु चट्याङ लागेर भएको बताइएको छ। सूत्रअनुसार बिहीवार राति जलढाका नदी पार गरेर हात्तीको एउटा समूह रामसाईतर्फ गएको थियो। त्यति बेला त्यहाँ भीषण वर्षा र लगातार चट्याङ परेको थियो। समूहका अन्य हात्तीहरू जङ्गलतर्फ लागे पनि एउटा हात्ती नदी किनारमै अलग रह्यो। त्यसै समय हात्तीलाई चट्याङ लागेर मृत्यु भएको अनुमान छ।
खबर पाएपछि जलपाइगढ़ी वन विभागको रामसाई रेञ्ज, नाथुवा रेञ्ज, गोरुमारा रामसाई मोबाइल स्क्वाड र गोरुमारा साउथ रेञ्जका वन कर्मचारीहरू घटनास्थलमा पुगे। हात्तीको समूह अहिले मृत हात्ती रहेको क्षेत्रमा नै रहेको छ।जलपाइगढ़ी वन विभाग रामसाई रेञ्जका रेञ्जर सर्वाशीष बरले भने, पोस्टमर्टम परीक्षणपछि मात्र हात्तीको वास्तविक मृत्युको कारण पुष्टि हुनेछ। वन विभागका उच्च पदस्थ अधिकारीहरू पनि चाँड़ै घटनास्थलमा आउँदैछन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.