Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एनजेएन मेडिकल कलेजमा चुनाउ ड्युटीले समस्या

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

चुनाउ ड्युटीका लागि चिकित्सकहरूलाई बोलाइएको छ। चुनाउको प्रभावले कोचबिहारको एमजेएन मेडिकल कलेज अस्पतालको अवस्था अस्तव्यस्त बनेको छ। दुईजना चिकित्सकदेखि लिएर वार्ड मास्टर, अपरेशन थियटरका कर्मचारीसहित 25 जना अस्पतालका कर्मचारीहरूलाई चुनाउ आयोगले चयन गरेको छ। त्यसकारण चिकित्सा सेवा कसरी सामान्य रूपमा सञ्चालन गर्ने भन्ने विषयमा अस्पताल प्रशासन समस्यामा परेको छ। समस्या समाधानका लागि मेडिकल कलेजले जिल्ला प्रशासन र जिल्ला चुनाउ कार्यालयसित सम्पर्क गरेको छ। यद्यपि आयोगबाट हालसम्म ड्युटी रद्द गर्न कुनै निर्देशन आएको छैन। तर केवल मेडिकल कलेज मात्र होइन जिल्लाका विभिन्न उपमहकुमा र ब्लकका स्वास्थ्यकर्मीहरूलाई पनि चुनाउ ड्युटीमा खटाइएको छ। चुनाउका केही दिन जिल्लाको स्वास्थ्य सेवाको अवस्था कस्तो हुनेछ भन्ने प्रश्न उठेको छ।
एमजेएन मेडिकलका एमएसभीपी सौरोदीप रायले भने, कर्मचारी अभावका कारण हामी पहिले नै समस्यामा थियौँ। त्यसमाथि चुनाउ ड्युटीका लागि चिकित्सकसहित यस्ता कर्मचारीहरूलाई खटाइँदा चिकित्सा सेवा उपलब्ध गराउन कठिन हुनेछ। जिल्ला मजिष्ट्रेट तथा जिल्ला चुनाउ अधिकारीलाई पहिले पत्र लेखेर विषय जानकारी गराइएको थियो। पछि स्वयं म गएर जिल्ला चुनाउ अधिकारीसित भेट गरी त्यस समस्यालाई राखियो। हामीले त्यो समसम्या बुझाइसकेका छौँ। तर अहिलेसम्म ड्युटी रद्द गर्न कुनै निर्देशन आएको छैन।
2018 मा कोचबिहारको एमजेएन अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गरिएको थियो। पिहेलदेखि नै यस अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव रहेको छ। धेरै रिक्त पद भए पनि चिकित्सकहरू यहाँ आउन चाहँदैनन् भन्ने आरोप छ। अस्पतालमा स्वीकृत बेड सङ्ख्या 784 रहेको छ जसमा हाल 628 बेड उपलब्ध छन्। सिनियर र जुनियर गरी लगभग 250 जना चिकित्सक छन् जुन आवश्यकताभन्दा कम्ती हो। त्यससितै नर्स, अन्य स्वास्थ्यकर्मी, ग्रुप सी र ग्रुप डी कर्मचारी मिलाएर थप लगभग पाँच सयभन्दा अधिक कर्मचारी रहेका छन्। चिकित्सकको अभावका कारण आउटडोरमा सबै विभागहरू दैनिक रूपमा सञ्चालन गर्न सकिँदैन। यसपल्ट एसआईआरमा देखिएको तार्किक असङ्गतिका कारण तालिममा पनि अतिरिक्त दिन लाग्न सक्नेछ।
यसका अतिरिक्त चुनाउको अघिल्लो दिन, चुनाउको दिन र त्यसको भोलिपल्ट गरी केही दिनसम्म चिकित्सकसहित अन्य कर्मचारीहरू अस्पतालमा ड्युटी गर्न सक्ने छैनन्। यसबारे जिल्ला मुख्य स्वास्थ्य अधिकारी हिमाद्री आडीले भने, केवल एमजेएन मात्र होइन उपमहकुमा र ब्लकका स्वास्थ्यकर्मीहरूलाई पनि चुनाउ ड्युटीमा खटाइएको छ। चुनाउका लागि कर्मचारी आवश्यक भए जस्तै स्वास्थ्य सेवा पनि अत्यावश्यक सेवा हो। यो 24 घण्टा सञ्चालन हुन्छ। त्यसैले स्वास्थ्यकर्मीहरूको ड्युटी रद्द गर्न अनुरोध गरिनेछ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.