सशस्त्र सीमा बल(एसएसबी)को आठौँ वाहिनी खपरेल वाह्य सीमा चौकी टिङलिङले मितुल कुमार कमाण्डेण्टको निर्देशनमा नशामुक्त भारत अभियान कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम ग्रेस एकाडेमी, लोअर तोकलाङ प्रलय राय निरीक्षक (सा.), ई कम्पनी टिङलिङको नेतृत्वमा आयोजन गरिएको थियो।
नशामुक्त भारत अभियान कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक साथै स्थानीय वासिन्दाहरूलाई लागू पदार्थ सेवन नगर्ने अनि यसबाट हुने रोग तथा नकारात्मक प्रभावबारे जानकारी गराएर सचेत गराइयो। साथै तिनीहरूलाई केन्द्रीय सशस्त्र बलमा भर्ना हुनका लागि प्रोत्साहन पनि गरियो।
यस कार्यक्रममा विद्यालयका बालकबालिका, शिक्षक र सयौँ स्थानीय मानिसहरूको सहभागिता रहेको थियो। आठौँ वाहिनी सशस्त्र सीमा बल, खपरेलद्वारा आयोजित यस नशामुक्त भारत अभियान कार्यक्रमको सबैले सराहना गरेका छन्।



