Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

लागू औषधी कारोबारी पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

एक समय फूटपाथमा माछा बेच्ने व्यक्ति दुई दशकभित्रै तिनी केही हजार करोड़का मालिक बने। यसका पछाड़ि लागू औषधी कारोबार थियो। कालियाचकको अन्तर्राष्ट्रिय लागू औषधी कारोबारका किङपिनसहित दुईजनालाई मालदा पुलिसले कलकत्ताबाट पक्राउ गरेको छ। तिनीहरू काका–भतिज हुन्। कलकत्ताको एण्टाली क्षेत्रस्थित लगभग तीन करोड़ रुपियाँ मूल्यको एउटा फ्ल्याटबाट लागू औषधी कारोबारका ती दुई मास्टरमाइण्डलाई कालियाचक थाना पुलिसले पक्राउ गरेको हो। मङ्गलवार पक्राउ परेका यी लागू औषधी किङपिनहरूलाई मालदा न्यायालयमा प्रस्तुत गरेपछि न्यायाधीशले तिनीहरूलाई सोधपुछका लागि आठ दिनको पुलिस हिरासतमा पठाउने आदेश दिए। पक्राउ परेकाहरूको नाम एनारुल शेख र शौकत शेख हो। यस गिरोहको मुख्य व्यक्ति एनारुल नै हुन्। तिनी युवाहरूलाई लागू औषधी कारोबारको तालिमसमेत दिने गर्थे। पक्राउ परेका व्यक्तिहरूको घर कालियाचक थानाअन्तर्गत मोजामपुर ग्राम पञ्चायतको बालुग्राम क्षेत्रमा रहेको छ।
धेरै वर्षदेखि लागू औषधी कारोबार गरेर एनारुल केही हजार करोड़ रुपियाँको सम्पत्तिका मालिक बने। लागू औषधी कारोबारलाई पर्दा पछाड़ि राखेर तिनी प्रोमोटिङ तथा जमीन किनबेचको कारोबार गर्थे। कलकत्ता, झारखण्ड, बेङ्गलुरु, बिहारसहित अन्य धेरै राज्यहरूमा तिनका फ्ल्याटहरू छन्। लामो समयदेखि पुलिसको नजर छल्दै एक राज्यदेखि अर्को राज्यमा लुकेर हिँड़िरहेका काका-भतिजलाई अन्ततः गोप्य सूचनाका आधारमा कालियाचक थाना पुलिसले कलकत्ताको एण्टालीबाट पक्राउ गरेको हो। मङ्गलवार पत्रकार सम्मेलनमा मालदा पुलिस अधीक्षक अभिजित बन्द्योपाध्यायले भने, एनारुल शेख यति दिन किन पक्राउ परेनन् त्यसबारे म भन्न सक्दिनँ। मैले जिम्मावारी सम्हालेपछि ड्रग माफियालाई कुनै छुट नदिने प्रण लिएको थिएँ। त्यसअनुसार जिल्ला पुलिसले काम गरिरहेको छ।
पुलिस सूत्रअनुसार, साधारण माछा व्यापारी आज कम्तीमा साढ़े दुई हजार करोड़ रुपियाँ बराबरको सम्पत्तिका मालिक बनेका छन्। तिनका पैसा देश विरोधी गतिविधिमा प्रयोग भएको हुन सक्ने आशङ्का गरिएको छ। मालदाका केही व्यवसायीहरूको पनि खोजी भइरहेको छ जसले एनारुलको जग्गा जमीन किनबेच र प्रोमोटिङका काममा लगानी गरेका थिए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.