Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

कृषकहरूलाई सामग्रीहरू वितरण

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मिरिक महकुमाका कृषकहरूलाई आज खेतीपाती गर्नका लागि कृषि तथा बागवानी विभागको पक्षबाट महकुमा कार्यालय परिसरमा पोली हाउस निर्माणका लागि सामग्रीहरू वितरण गरिएको छ। यस अवसरमा बागवानी तथा कृषि विभागका सभासद प्रणाम रसाइली, थर्बु डुप्टिन समष्टिका विभागीय एमओडी सभासद मिलेश राई, मिरिक पञ्चायत समितिका चेयरम्यान कैलाश खवास अनि विभागीय अधिकारीहरू उपस्थित थिए।
यी विशिष्ट व्यक्तिहरूको बाहुलीबाट कृषकहरूलाई पोली हाउसका सामग्रीहरू वितरण गरियो। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्ने क्रममा सभासदहरू प्रणाम रसाइली, मिलेश राईले आज मिरिक बस्ती डुप्टिन नम्बर दस अनि सौरेनी बस्तीका 62 जना कृषकहरूलाई सामग्रीहरू वितरण गरिएको बताए। तिनीहरूले विगतमा पनि धेरै कृषकहरूलाई यस्ता सामग्रीहरू वितरण गरिएको बताउँदै आगामी दिन पनि सामग्री वितरण कार्य गरिने बताए।
आज वितरण गरिएको सामग्रीका लागि जीटीएका प्रमुख अनित थापाप्रति तिनीहरूले आभार प्रकट गरे। त्यसबाहेक मिरिक झिल परिसरमा ट्युलिपको बिरुवा लगाउने कार्यका लागि पनि विभागीय तौरमा कार्य चलिरहेको तिनीहरूले जानकारी गराए। यता पञ्चायत समिति सदस्य कैलाश खवासले सम्पूर्ण लाभार्थीहरूलाई बधाई दिँदै सरकारले उपलब्ध गराएको सामग्रीहरू सही रूपमा प्रयोग गर्ने निवेदन गरे। पोली हाउस निर्माणका लागि सामग्रीहरू प्रदान गरिएकोमा लाभार्थीहरूले जीटीएप्रति आभार प्रकट गरेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.