Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

धेरै सुरक्षा कर्मी हुँदाहुँदै पनि मेडिकलमा असुरक्षा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

कागजमा लेखिएको हिसाबले उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा सयौँ कर्मचारी सुरक्षा जिम्मेवारीमा छन्। तर त्यसपछि पनि किन यहाँ सुरक्षा र निगरानीको यस्तो अभाव देखिन्छ? कहिले बिरामीलाई कुकुरले टोकिरहेको हुन्छ त कहिले कसैले बिरामी वा वृद्ध मानिसलाई अस्पतालको जुन सुकै ठाउँमा छोड़ेर हिँड़िरहेको हुन्छ तर हेर्ने कोही हुँदैन। कागजमा देखाइएअनुसार तलब पाउने कर्मचारीमध्ये आधा मात्र काममा देखिन्छन् बाँकी सबै भूतिया कर्मचारी छन् भन्ने आरोप छ।
यस्ता अस्तित्वै नभएका दर्जनौँ कर्मचारीको नाममा प्रत्येक महीना लाखौँ रुपियाँ बिल उठाइने आरोप छ। मेडिकल सुपर डा. सञ्जय मल्लिकले भने, हामीलाई यस्तो कुनै गुनासो आएको छैन। तर सबै सुरक्षा एजेन्सीहरूलाई अझ कठोरतासित सुरक्षा व्यवस्था लागू गर्न भनेर निर्देश दिइएको छ। अबदेखि कुनै लापरवाही सहन गरिने छैन।
पहिले नै उत्तर बङ्गाल मेडिकलमा 288 जना सरसफाईकर्मी नियुक्त थिए। तीमध्ये धेरैजना कार्यालयको डाटा एण्ट्री, टिकट काउण्टर, अल्ट्रासोनोग्राफी र सेण्ट्रल ल्याबमा कार्यरत छन्। केही त सुरक्षा जिम्मेवारीमा समेत छन्। सुरक्षा व्यवस्थाको निगरानीका लागि 144 जना छुट्टै कर्मचारी नियुक्त गरिएका थिए। हालसालै 15 जना सिभिल डिफेन्सका कर्मचारीलाई पनि सुरक्षा कार्यका लागि ल्याइएको छ। अर्कातिर, सुपर स्पेशियालिटी ब्लक सञ्चालन गर्न 270 जना सुरक्षा गार्ड नियुक्त गरिएको छ। यति कर्मचारी हुँदाहुँदै पनि अस्पतालमा उपचार गराउन आउने मानिसहरूका लागि प्रभावकारी सुरक्षा व्यवस्था अझै किन छैन।
कहिले कुकुरले करिडोरमा मरेका व्यक्तिको शरीर खाइरहेको हुन्छ कहिले गाड़ी वा मोटरसाइकलमा बिरामी, वृद्धवृद्धालाई ल्याएर अस्पतालमा फालेर कोही भागिरहेको हुन्छ। प्रत्येक वार्ड अगाडि सुरक्षा गार्ड राखिएको भए पनि कुकुरहरू वार्डभित्र बिरामीको शय्याको छेउमा बसेर सुतिरहेका हुन्छन्। बिरामीहरू कुकुरको डरले निदाउन सक्दैनन्। अब यति धेरै सुरक्षाकर्मीहरू नियुक्त भए पनि यस्ता घटनाहरू कसरी भइरहेका छन्? भन्ने प्रश्न उठिरहेको छ। कागजअनुसार यहाँ सुरक्षा गार्ड र सरसफाईकर्मीसमेत गरेर 500 भन्दा अधिक निजी कर्मचारी छन् जसको प्रमुख जिम्मावारी सुरक्षा व्यवस्था हेर्नु हो। अस्पतालको विभिन्न स्थानहरूमा तैनाथ रहनुका साथै गस्तीका लागि छुट्टै सुरक्षा टोली पनि छ। त्यसैले यति धेरै अनियमितता किन र कसरी भइरहेको हो? आरोप छ, कागजमा नियमित तलब उठाइए पनि व्यवहारमा ती सबै कर्मचारीहरू काममा देखिन्नन्। सूचीमा यस्ता व्यक्तिहरूको नाम पनि छ जो शायद एक दिन पनि ड्युटीमा आएका छैन। तर तिनीहरूको नाममा नियमित तलब लिइँदैछ भन्ने आरोप छ। यसैको प्रभाव स्वरूप उपचार गराउन आउने बिरामीहरू र तिनीहरूका आफन्तहरूको सुरक्षा व्यवस्था कमजोर बन्दै गएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.