Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

डिपो कार्यालय पुनः सञ्चालनको माग

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

वन्यजन्तुको आक्रमणबाट राहत पाउन नगराकट्टा ब्लकको बामनडाङ्गा चियाबारीमा एक समय नाथुआ रेञ्जको डिपो कार्यालय सञ्चालन गरिएको थियो। तर त्यो वन विभागको डिपो कार्यालय धेरै वर्षदेखि बन्द अवस्थामा छ। अहिले पुनः सञ्चालन गर्नुपर्ने माग उठेको छ। 15 वर्षदेखि बन्द रहेकाले डिपो कार्यालय अहिले जीर्ण अवस्थामा पुगिसकेको छ। पछिल्ला दिनहरूमा वन्यजन्तुहरू बारम्बार बस्ती क्षेत्रमा प्रवेश गर्न थालेपछि यो माग अझ बढ़ेको हो।
स्थानीय वासिन्दाहरूका अनुसार महीनाको अधिकांश दिन यस क्षेत्रमा वन्यजन्तुको आक्रमण हुने गर्दछ। विशेष गरी यो चियाबारी जलपाइगढ़ी जिल्लाभित्र हात्तीको आवतजावत बढ़ी हुने क्षेत्रका रूपमा परिचित छ। गोरुमारा जङ्गलनजिकै रहेको यस चियाबारीमा हात्तीबाहेक गैँड़ा, बाइसन र चितुवाको समेत आक्रमण हुने गर्दछ। कुनै वन्यजन्तु श्रमिक लाइनमा प्रवेश गरेमा खुनिया स्क्वाडलाई खबर गर्नुपर्छ। तर 25 किलोमिटर टाढ़ाबाट वनकर्मीहरू आइपुग्दासम्म धेरैजसो दुर्घटना भइसकेको हुन्छ। हात्तीको आक्रमणमा धेरैको ज्यान गइसकेको छ। त्यसैले डिपो कार्यालय शीघ्र सञ्चालन गर्नुपर्ने माग स्वाभाविक रूपमा उठेको छ।
स्थानीय वासिन्दा मनोज सिंहले भने, डिपो कार्यालय सञ्चालन गर्नु अत्यन्त आवश्यक छ किनकि अघिल्लो समयको तुलनामा अहिले वन्यजन्तुको सङ्ख्या बढ़ेकाले आक्रमणका घटना लगभग दिनहुँ भइरहेको छ। कहिले चितुवाको आक्रमणमा श्रमिकहरू घाइते हुन्छन् त कहिले बाइसनले आक्रमण गर्छ। कहिलेकाहीँ जङ्गली बँदेल वा हात्ती गाउँमा प्रवेश गर्छ। यसले मानिसहरूलाई घाइते बनाउँछ र कहिलेकाहीँ ज्यानसमेत जाने गर्छ। पहिले जब यस कार्यालयमा वनकर्मीहरू बसोवास गर्थे गाउँमा हात्ती पस्नेबित्तिकै तिनीहरू तुरुन्त आएर धपाइदिन्थे। अहिले भने 25 किलोमिटर टाढ़ाबाट जङ्गली बाटो हुँदै आउन झण्डै एक घण्टा लाग्छ। त्यति बेलासम्म धेरै क्षति भइसकेको हुन्छ। क्षेत्रका अर्का वासिन्दा ऋतु भूमिहारले भने, कहिलेकाहीँ गैँड़ा पनि गाउँमा आएर घुमफिर गर्छ। बाइसन त प्रायः आउने गर्छ। कतिपय दिन बिहान–साँझ हात्तीहरू चियाबारीको श्रमिक लाइनमा पस्छन् र तोड़फोड़ मच्चाउँछन्। वन विभाग नाथुआ रेञ्जर श्यामाप्रसाद चक्रलादारले भने, उक्त डिपो कार्यालयमा गाउँलेहरूले नै आक्रमण गरेका थिए। त्यसैले सुरक्षाको अभावका कारण वनकर्मीहरू त्यहाँ बस्दैनन्। यद्यपि वासिन्दाहरूको मागबारे उच्च तहका अधिकारीहरूलाई जानकारी गराइएको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.