Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

क्यान्सर ब्लकको परिसेवा आरम्भमा विलम्ब

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा निर्माणाधीन क्यान्सर ब्लकको निर्माण कार्यमा चरम विलम्बबारे प्रश्न उठिरहेको छ। जुन गतिमा काम हुनुपर्ने थियो त्यो हुँदै नभएको आरोप छ। त्यसैले दिसम्बरदेखि सेवा आरम्भ गर्ने योजना अब लगभग असम्भव भएको छ। राज्यका मुख्य सचिव अनि स्वास्थ्य विभाग सचिवले अस्पताल निरीक्षणका क्रममा दिसम्बरसम्म कार्य पूरा गर्ने निर्देशन दिएका थिए। दिसम्बरदेखि क्यान्सर बल्कमा ओपीडी सेवा आरम्भ हुने रोगी कल्याण समितिको बैठकहरूमा पनि पटक–पटक भनिएको थियो।
तर अहिले अस्पताल प्रशासनले नै त्यो सम्भव नहुने सङ्केत दिएको छ। उत्तर बङ्गाल मेडिकल कलेजका सुपरिण्टेण्डेण्ट डा. सञ्जय मलिकले भने, दिसम्बरको पहिलो हप्तादेखि क्यान्सर ब्लकमा ओपीडी सेवा आरम्भ गर्ने योजना थियो। तर त्यो वास्तवमै सम्भव हुन्छ कि हुँदैन भनेर मलाई थाहा छैन। पीडब्ल्यूडी विभागले नै त्यसबारे बताउन सक्छ। डेप्युटी सुपरिण्टेण्डेण्ट सुदीप्त मण्डलले बेन, रङ लगाउने, ढोका–झ्यालको कार्य, बिजुली जड़ान जस्ता धेरै काम अझै बाँकी छन्। यस्तो अवस्थामा दिसम्बरदेखि क्यान्सर ब्लक सञ्चालन कसरी सम्भव हुन्छ भनेर बुझ्न सकिएको छैन। पीडब्ल्यूडी विभागका एक अधिकारीले भने, काम सकेसम्म छिट्टै पूरा गर्ने प्रयास भइरहेको छ।
लगभग 100 करोड़ रुपियाँको लागतमा 2022 मा क्यान्सर ब्लकको निर्माण आरम्भ गरिएको थियो। मेडिकल कलेजको मर्ग नजिकै 100 बेडको यो भवन चालु वर्षको मार्च महीनासम्म तयार हुने योजना थियो। तर आरम्भदेखि नै निर्माण कार्य सुस्त गतिमा चलिरहेको भनेर आलोचना हुँदै आएको छ। त्यसपछि स्वास्थ्य भवनबाट हस्तक्षेप भयो। स्वास्थ्य विभाग सचिव नारायणस्वरूप निगमले पटक–पटक अस्पताल पुगेर प्रगति समीक्षा गरेर चाँड़ै काम पूरा गर्न निर्देशन दिएका थिए। 20 मईमा मुख्य सचिव मनोज पन्त पनि अस्पताल पुगेका थिए अनि क्यान्सर ब्लक सम्बन्धमा कलेज प्रशासन, पीडब्ल्यूडी अनि निर्माण कम्पनीका प्रतिनिधिहरूसित बैठक गरेका थिए। त्यति बेला तनले दिसम्बरसम्म ब्लक सञ्चालन हुने विश्वास व्यक्त गरेका थिए। तर आइतवार स्थलगत अवलोकन गर्दा काम अझै जारी देखियो। कतै प्लास्टर भइरहेको थियो त रङ लगाउने, ढोका–झ्याल, बिजुली जड़ानजस्ता कामहरू आरम्भ पनि भएको थिएन। कामदारहरूकै भनाइमा अहिलेसम्म आधा मात्र काम भएको छ, बाँकी गर्न केही महीना लाग्नेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.