Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मिरिक झीलमा फेरि भेट्टाइयो मरेको माछा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मिरिक झीलमा फेरि माछाहरू मरेको आवस्थामा फेला परेको छ।यसभन्दा अघि पनि मिरिक झीलमा धेरै माछाहरू मरेको अवस्थामा फेला परेको थियो। मिरिक झीलमा के कारणले माछाहरू मरिरहेछन् ठोस कारण पत्तो नलागे पनि वर्षाको मौसममा जतासुकैबाट बगेर आएको भल अनि फोहोर मिरिक झीलमा पस्दा अनि झीलको पानी दूषित बनेकै कारण नै माछाहरू मरेका अनुमान गरिएको छ।

मिरिक झीलमा रहेका विभिन्न प्रजातिका माछाहरू मिरिक पर्यटन केन्द्रको गहना हुन् भने यहाँ भएका माछाहरू हेर्न देश विदेशबाट पर्यटकहरू आउने गर्छन्। मिरिक झीलमा माछा रहेको कारण नै झील परिसरमा पाउरोटी अनि मुराईको पसल राखेर धेरैले गुजारा समेत गरिरहेका छन्। यस्तोमा मिरिक झीलका माछाहरूको संरक्षणमा सम्बन्धित निकायले ठोस पहल गर्नुपर्ने धेरैको भनाइ छ।

यता मिरिक झीलमा मरेका माछाहरूलाई मिरिक नगरपालिकाका सफाई कर्मचारीहरूले उठाएर सुरक्षित स्थानमा तह लगाएका छन्। अर्कातिर मिरिक झीललाई सफा राख्न चाँड़ै एसटीपी लाइन सञ्चालनमा ल्याइने अनि मिरिक झील सफाईको कार्य चाँड़ै गरिने मिरिक नगरपालिका अध्यक्ष एलबी राईबाट जानकारी पाइएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.