Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

शङ्कर घोष अनि रञ्जन सरकारबीच द्वन्द्व

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

पाड़ाको क्लबको सिमाना पर्खाल निर्माण विषयबारे भाजपा बनाम तृणमूल विवाद चर्किएको छ। अझ स्पष्ट रूपमा भन्नुपर्दा यो विवाद विधायक बनाम उप–मेयरबीच भएको हो। घटनाप्रति स्थानीय वासिन्दाहरू असन्तुष्ट भएका छन्। सिलगढ़ीको 15 नम्बर वार्डस्थित उद्यान समिति क्लबमा विधायक कोषबाट पाँच लाख रुपियाँ प्रयोग गरी सिलगढ़ी जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटीले पूजाअघि सिमाना पर्खाल निर्माणको कार्य थालेको थियो। तर सोमवार सोही कामका लागि फेरि उत्तर बङ्गाल उन्नयन डिपार्टमेण्टबाट रकम छुट्याई शिलान्यास कार्यक्रम गरियो। सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषले भने, स्थानीय वासिन्दाको मागअनुसार मैले क्लबको सिमाना पर्खाल बनाउनका लागि पाँच लाख रुपियाँ छुट्याएको थिएँ। एसजेडीएले काम आरम्भ पनि गरिसकेको थियो। त्यसपछि उत्तर बङ्गाल विकास विभागले फेरि किन सोही काम आरम्भ गर्योम? उता क्षेत्रका तृणमूल काउन्सिलर तथा उप–मेयर रञ्जन सरकारले भने, हामीले फरवरी महीनामै उत्तर बङ्गाल विकास विभागलाई केही कामहरूको सूची दिएका थियौँ। त्यस सूचीमा क्लबको मुक्त मञ्च मरम्मती, पार्क र स्वास्थ्य केन्द्र निर्माणको योजना पनि थियो। वर्क अर्डर निस्किएपछि मात्र शिलान्यास गरिएको हो।
विधायक र उप–मेयरबीच उत्पन्न यस विवादले क्लबका सदस्यहरू असन्तुष्ट भएका छन्। क्लबका सचिव सञ्जय पालले भने, हामीलाई सिमाना पर्खाल चाहिएको हो। कसले बनाउँछ भन्ने कुरा ठूलो विषय होइन। तर कुनै शर्तसहित विकास चाहिँ चाहिँदैन। विकासको नाममा क्लबको ठाउँमा पार्क पनि बनाउन हामी सहमत छैनौँ। स्थानीय वासिन्दामध्ये धेरैले पनि यस विषयलाई राम्ररी लिएका छैनन्। श्यामल पाल चौधुरी, बिप्लव सेनलगायतले आरोप लगाउँदै भने, क्लबमा दुर्गा पूजा मनाइन्छ। वर्षभरि विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। यदि यहाँ पार्क बनाइए ती कार्यक्रमहरू कहाँ गर्ने? यसैबीच बिहानदेखि नै क्लबका सदस्यहरूबीच पटक–पटक छलफल चल्यो। शङ्कर घोषले भने, “विधायक विकास कोषको पैसा राज्य सरकारमार्फत खर्च हुन्छ। यो काम पनि राज्यकै निकायले सुरु गरेको हो। रञ्जन सरकारको नाम नलिई व्यङ्ग्य गर्दै तिनले भने, केवल एक नेताको इगोका कारण एउटै कामको शिलान्यास फेरि अर्को विभागमार्फत गरियो।
त्यसप्रति प्रतिक्रिया दिँदै उप–मेयर रञ्जन सरकारले भने, हामीले फरवरीमै उत्तर बङ्गाल विकास विभागमा केही विकास योजनाको प्रस्ताव दिएका थियौँ। वर्क अर्डर आउन ढिलो भयो। तर अप्रेलमा काम आरम्भ भएको हो। त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्र, ज्येष्ठ नागरिकका लागि पार्क अनि नयाँ मुक्त मञ्च निर्माणको योजना छ। क्लबको असन्तुष्टि सुनेपछि तिनले भने, म क्लबका सदस्यहरूसित कुराकानी गर्छु। म त यस क्षेत्रको जनप्रतिनिधि हुँ। कसैले मलाई केही जानकारी दिएको छैन। जानकारी दिएको भए समस्या उत्पन्न हुने थिएन।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.