Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मिरिकमा उत्पादित डल्ले खोर्सानी स्थानीय बजारमा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मिरिक क्षेत्रमा उत्पादित डल्ले खोर्सानी अहिले स्थानीय बजारमा उपलब्ध हुन थालेको छ। यसले यस क्षेत्रका किसानहरूका लागि वार्षिक आम्दानीको राम्रो स्रोत सिर्जना गरेको छ। हाल मिरिकका स्थानीय बजारमा डल्ले खोर्सानी प्रति किलो 300 देखि 400 रुपियाँसम्म बिक्री भइरहेको छ। भौगोलिक रूपमा डल्ले खोर्सानी खेतीका लागि उपयुक्त मानिने मिरिक र सौरेनी बस्तीका किसानहरूले यसको खेतीबाट राम्रो आम्दानी गरिरहेका छन्।

डल्ले खोर्सानीको खेती गरिरहेका किसान कमल देवानले यो वर्ष हावा-पानी राम्रो मिलेको कारण उत्पादन पनि राम्रो भएको बताए। तिनले बजारमा डल्ले खोर्सानीको माग र मूल्य दुवै राम्रो रहेको जानकारी दिए। साथै तिनले खोर्सानी खेतीमा बागवानी विभागबाट पनि उल्लेख्य सहयोग प्राप्त भएको बताए।

डल्ले खोर्सानी नेपाल र भारतका पहाड़ी क्षेत्रमा निकै लोकप्रिय छ। यसको विशेष स्वाद र उच्च मागले गर्दा किसानहरूले यसलाई नगदे बालीको रूपमा लिइरहेका छन्। मिरिक क्षेत्रमा डल्ले खोर्सानीको सफल खेतीले यस क्षेत्रको कृषि अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ। स्थानीय उत्पादनले बजारको माग पूरा गर्न सहयोग पुऱ्याएको छ साथै किसानहरूको जीवनस्तर उकास्न पनि ठूलो भूमिका निर्वाह गरिरहेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.