Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मुख्यमन्त्री 2-3 दिनमै पुनः उत्तर बङ्गाल आउने

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

म फेरि 2-3 दिनभित्र आउनेछु, उत्तर बङ्गालका विभिन्न विपद्ग्रस्त क्षेत्रहरूको निरीक्षण सकेर कलकत्ता प्रस्थान गर्नअघि मुख्यमन्त्री ममता ब्यानर्जीले यस्तो मन्तव्य गरिन्। बुधवार बाघ़डुग्रा विमानस्थल जाने क्रममा ममता ब्यानर्जीले पत्रकारहरूलाई भनिन्, म फेरि 2-3 दिनभित्र उत्तर बङ्गाल आउँदैछु।

तिनले अझ भनिन्, चामल, खोर्सानी, हर्दी, दूध आदि सामग्रीहरू झोलामा प्याक गरेर मिरिकसहित जहाँ जहाँ आवश्यक छ, त्यहाँ पठाइँदैछ। हिजो राति मात्र पनि 400 झोला सामग्रीहरू पठाइयो। कम्बल, स्वेटर, कपड़ा पनि पठाइँदैछ। उनले नगराकट्टा, धूपगुड़ी र मैनागुड़ी क्षेत्रको स्थितिमाथि ध्यान राख्न जिल्ला प्रशासनलाई निर्देशन दिएकी छन्।

उता नगराकट्टामा प्रभावित मानिसहरूलाई भेट्न जाँदै गर्दा सांसद खगेन मुर्मू र विधायक शङ्कर घोषमाथि आक्रमण भयो। उक्त आक्रमणको विरोध त्रिपुरासम्म फैलिएको छ जहाँ तृणमूलको कार्यालय तोड़फोड़ गरिएको आरोप लागेको छ। त्रिपुरा सम्बन्धी प्रश्न सोध्दा मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, मेरो फ्लाइटको समय भइसकेको छ। त्रिपुरामा टोली पठाइएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.