Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मुख्यमन्त्रीद्वारा महाकाल मन्दिरको शिलान्यास

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मतिगढ़ामा महाकाल मन्दिर निर्माण कार्यको शिलान्यास समारोहमा उपस्थित भएर नाम नलिईकनै विपक्षीलाई कठोर सन्देश दिँदै मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, कसैले पनि म पञ्जिका–टञ्जिका हेर्दिनँ भनेर नसोचून्। 4.15 पछि शुभ समय थियो, म त्यसैअनुसार यहाँ आएकी हुँ। राज्य विधानसभाको चुनाउ नजिकिँदै गर्दा त्यसको पूर्वसन्ध्यामा सिलगढ़ीमा यो विशाल मन्दिर परियोजनाको आरम्भले बङ्गालको राजनीति तात्तिएको छ। चुनाउअघि साम्प्रदायिकता र धर्मलाई हतियार बनाएर तृणमूलले मतपेटिका भर्न खोजिरहेको भाजपाको तर्फबाट आरोप लगाइएको थियो। आज ती अड़कलबाजी र हिन्दुत्वबारे विपक्षीको एकाधिकार दाबीको मुख्यमन्त्रीले प्रत्यक्ष प्रत्युत्तर दिइन्। शास्त्रीय समय वा तिथिअनुसार कार्यक्रममा सहभागी भएर तिनले पञ्जिका र हिन्दू रीतिरिवाज पालना गर्न आफू पनि उत्तिकै दक्ष रहेको सन्देश दिइन्।
मतिगढ़ामा लगभग 17.41 ऐकर जमीनमा निर्माण हुन गइरहेको यस परियोजनाको नाम मुख्यमन्त्रीले महाकाल महातीर्थ राखेकी छन्। यसको मुख्य आकर्षण शिवको 216 फिट अग्लो विशाल मूर्ति हुनेछ। साथै भारतका 12 वटा ज्योतिर्लिङ्गको ढाँचामा 12 वटा छुट्टाछुट्टै मन्दिर र 12 वटा शिवलिङ्ग यहाँ स्थापना गरिनेछ। 1 लाख मानिसहरू अँटाउने क्षमता भएको यस तीर्थस्थलमा अन्तर्राष्ट्रिय स्तरको एक कन्भेन्सन सेण्टर पनि निर्माण गरिँदैछ।
राजनीतिक विश्लेषकहरूअनुसार, विधानसभाको चुनाउअघि उत्तर बङ्गालमा भाजपाको हिन्दुत्ववादी प्रचारलाई सामना गर्न ममता ब्यानर्जीले यो मास्टरस्ट्रोक खेलेकी हुन्। पहाड़ र समतल भूभागको भावनालाई एउटै सूत्रमा बाँध्न तिनले हिमालयको महाकाल मन्दिरकै नामअनुसार यस परियोजनाको योजना बनाएकी हुन्। साढ़े दुई वर्षभित्र यो महातीर्थ निर्माण गर्ने लक्ष्य राखिएको बताउँदै तिनले यसले उत्तर बङ्गालको पर्यटन र आध्यात्मिक नक्सामा नयाँ युगको आरम्भ गर्ने विश्वास व्यक्त गरेकी छन्।






        
Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.