Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

घाइते सांसदसित भेट गर्न मुख्यमन्त्री अस्पतालमा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

घाइते भाजपा सांसद खगेन मुर्मूलाई भेट्न मुख्यमन्त्री ममता ब्यानर्जी मङ्गलवार सिलगढ़ीको एक निजी नर्सिङ होम पुगिन्। मालदा उत्तरका भाजपा सांसद हाल आईसीयूमा भर्ना छन्। तर तिनले भाजपा सांसदसित भेट गरे पनि सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषसित भने भेट गरिनन्। उल्लेखनीय छ, हिजो नगराकट्टाको बामनडाङ्गा चियाबारीको पीड़ित परिवारहरूलाई भेट्न गएका बेला भाजपा सांसद र विधायकमाथि आक्रमण भएको थियो। खगेन मुर्मूको आँखामुनि ढुङ्गाले लाग्दा लगातार रगत बगिरहेको थियो। शङ्कर घोष पनि आक्रमणमा परेका थिए।

घटनापछि भाजपाले यो हमला सत्तारूढ़ दल तृणमूल कङ्ग्रेसले योजनाबद्ध रूपमा गराएको आरोप लगाएको थियो। तर तृणमूलले उक्त आरोप अस्वीकार गरेको छ। घटनापछि सांसद र विधायकलाई अस्पताल लगिएको थियो।आज मुख्यमन्त्री दूधेबाट मतिगढ़ामा रहेको उक्त अस्पतालमा पुगेकी थिइन्। मुख्यमन्त्रीले सांसदसित कुराकानी पनि गरिन्। मुख्यमन्त्रीले भनिन्, खगेन बाबु सुगरका बिरामी हुनुहुन्छ, त्यसैले तिनलाई अब्जरभेसनमा राखिएको छ। धेरै समस्या छैन। कानको छेउमा चोट लागेको छ। कोलकाता लैजान आवश्यक छैन। म सौजन्य भेटका लागि आएको थिएँ।
तर खगेनलाई भेट्न गए पनि विधायक शङ्कर घोषसित भेट नगर्दा प्रश्न उठेको छ। राजनैतिक विश्लेषकहरूले खगेनलाई भेट्ने यो कदम पछाड़ि राजनैतिक उद्देश्य देखेका छन्। विधानसभाको चुनाउ नजिकिँदैछ अनि खगेन आदिवासी समुदायका नेता हुन् भन्ने तिनीहरूको मत छ। त्यसैले मुख्यमन्त्री चुनाउअघि आदिवासी समुदायलाई कुनै रूपमा दुखित बनाउन चाहन्नन्। यसै विषयमा हिजो भाजपा राज्यसभा सांसद सुधांशु त्रिवेदीले भनेका थिए, एक आदिवासी समुदायका नेतामाथि आक्रमण भएको छ। यो ठीक होइन। त्यसपछि आज मुख्यमन्त्रीले विधायक शङ्कर घोषसित भेट नगरे पनि खगेन मुर्मूलाई मात्र भेट्न गएको घटनाले राजनैतिक वृत्तमा धेरै प्रश्न उब्जाएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.