Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सिलगढ़ीमा सीएए शिविर

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मतदाती सूचीको विशेष गहन परिशोधन वा एसआईआर मुद्दापछि अब सिलगढ़ीमा सिटिजनशिप एमेण्डमेण्ट एक्ट अर्थात सीएए शिविर आरम्भ गरिएको छ। सोमवार वार्ड नम्बर 24 मा रहेको विधायक कार्यालयमा विधायक शङ्कर घोषले सिटिजनशिप एमेण्डमेण्ट एक्ट (सीएए) शिविर उद्घाटन गरे। शिविरमा आवेदकहरूलाई प्रक्रिया सहज बनाउन कानूनी सहायता, आवश्यक कागजात–सम्बन्धी मार्गदर्शन तथा विभिन्न सेवाहरू उपलब्ध गराइने बताइएको छ।
सीएए शिविरको उद्घाटनपछि विधायक शङ्कर घोषले फेरि एकपल्ट एसआईआर र सीएए मुद्दाबारे तृणमूल कङ्ग्रेसमाथि कठोर प्रहार गरे। विधायक घोषअनुसार केन्द्र सरकारका जनहितकारी योजनाहरू कार्यान्वयन हुन नदिन राज्य सरकारले निरन्तर अवरोध सिर्जना गर्दै आइरहेको छ। जनताको अधिकार र लाभसम्म पुग्ने पथमा राज्य सरकारले पटक–पटक बाधा खड़ा गरिरहेको तिनले आरोप लगाए।
विधायक घोषले बताएअनुसार दस्तावेजी प्रक्रियामा कठिनाइ भोगिरहेका मानिसहरूलाई सहयोग प्रदान गर्नु नै सीएए शिविरको उद्देश्य हो। तिनीअनुसार शिविरमार्फत आवेदन गर्ने नागरिकहरूलाई आवश्यक कानूनी परामर्श र मार्गदर्शन दिइनेछ जसको माध्यमबाट तिनीहरूले झञ्झटबिना आफ्नो आवेदन पूरा गर्न सक्नेछन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.