Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

चट्याङ लागेर बीएसएफ जवानको मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

फाँसीदेवाको भारत-बङ्गलादेश सीमास्थित बन्दरगाछ क्षेत्रको गस्तीको क्रममा एउटा दुखद घटनामा परी एकजना बीएसएफ जवानको ज्यान गएको छ। चट्याङ लागेर बीएसएफ जवानको ज्यान गएको हो। प्राप्त जानकारीअनुसार बीएसएफ जवान दीपक कुमार बुधवार राति बन्दरगाछ गाउँसित जोड़िएको गेट नम्बर 23 मा गस्तीमा थिए।

गस्तीको क्रममा राति अचानक मेघ गर्जन र चट्याङसहित पानी पर्न थाल्यो। बीएसएफ सूत्रअनुसार गेटअघि चट्याङ लागेर दीपक कुमार भुइँमा लड़े। खबर पाएर अन्य बीएसएफ जवानहरू घटनास्थलमा पुगे।

उक्त जवानलाई उद्धार गरी फाँसीदेवा ग्रामीण अस्पताल लगियो तर त्यहाँ डाक्टरहरूले तिनलाई मृत घोषणा गरे। फाँसीदेवा पुलिस चौकीले घटनाबारे जाँच आरम्भ गरेको छ। शवलाई पोस्टमर्टमका लागि नर्थ बेङ्गल मेडिकल कलेज औ अस्पताल पठाइएको छ। मृत जवान बिहारका वासिन्दा भनी बताइएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.