अनलाइन खेलको नशामा सिलगढ़ीको घुघुमाली चयनपारा क्षेत्रका एकजना युवकले ज्यान गुमाए। मृत युवकको नाम अभिक पाल हो। धेरै वर्षदेखि तिनी बाबा, आमा र दिदीसित किरायाको घरमा बस्दै आइरहेका थिए। प्राप्त जानकारीअनुसार केही समयदेखि अभिक अनलाइन गेममा अत्यधिक आसक्त भएका थिए। त्यसपछि तिनले बाबाको ब्याङ्क खाताबाट राशि निकालेर अनलाइन गेम खेल्थे। बुधवार झुण्डिएको अवस्थामा तिनको शव कोठाबाट फेला पर्योन। त्यसपछि आसीघर पुलिसलाई खबर दिइयो। पुलिस आएर शवलाई उद्धार गरी पोष्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाएको छ।



