Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एनजेपी स्टेशनमा अज्ञात महिलाको मृतदेह

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

न्यू जलपाइगढ़ी (एनजेपी) स्टेशनको वेटिङ–रूमबाट एक अज्ञात महिलाको मृतदेह फेला परेको छ। मङ्गलवार एक महिला बिरामी परेकी छन् भन्ने जानकारी पाएपछि जीआरपी र आरपीएफ अधिकारीहरू त्यहाँ पुगेका थिए। सूचना पाएलगत्तै पुलिस कर्मीहरू चिकित्सकलाई साथमा लिएर वेटिङ–रूममा पुगे। चिकित्सकले प्रारम्भिक परीक्षणपछि उक्त महिलालाई मृत घोषित गरेका जानकारी प्राप्त भएको छ। जीआरपी सूत्रअनुसार हालसम्म पनि उक्त महिलाको पहिचानबारे थाहा पाइएको छैन। महिलाले हरियो रङ्गको चुरिदार र रातो रङ्गको प्याण्ट लगाएकी थिइन्। घटनाको जाँच न्यू जलपाइगढ़ी जीआरपीले आरम्भ गरेको छ। साथै महिलाको पहिचानबारे पत्तो लगाउने प्रयास जारी छ। एनजेपी स्टेशनबाट मृतदेह उठाएर पोष्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाइएको छ। पोष्टमर्टमपछि मृत्युको वास्तविक कारणबारे थाहा लाग्नेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.