Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सड़क दुर्घटनामा बीएलओको मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

कोचबिहारमा एकजना बीएलओको सड़क दुर्घटनामा मृत्यु भएको छ। एसआईआर सम्बन्धी काम सकेर मोटर साइकलमा घर फर्कँदै गर्दा उक्त बीएलओ दुर्घटनामा परे। मृत ललित अधिकारी शीतलकुचीका वासिन्दा थिए। बिहीवार साँझ माथाभाङ्गामा पञ्चानन पुलनजिक तिनको मोटर साइकल दुर्घटनामा परेको बताइएको छ। सूत्रअनुसार तिनको मोटर साइकल र एउटा पिकअप भ्यान मुखामुखी ठोक्कियो। यस दुर्घटनामा तिनी गम्भीर रूपले घाइते भए। तिनलाई पहिले माथाभाङ्गा अस्पताल लगियो। त्यसपछि जिल्लाकै अर्को एउटा निजी अस्पतालमा स्थानान्तरण गरिएको थियो जहाँ ललितको मृत्यु भयो।
ललित अधिकारी हाल माथाभाङ्गा मयनातली मोड़ क्षेत्रमा बस्दै थिए। तिनको घर शीतलकुची ब्लकको गोसाइरहाट–बड़ा धापरा–चाँदरा क्षेत्रमा छ। हिजो तिनी सोही क्षेत्रमा अवस्थित 205 नम्बर बूथमा एसआईआरको काम सकेर मोटर साइकलमा माथाभाङ्गास्थित घर फर्किरहेका थिए। त्यसै क्रममा दुर्घटना भएको बताइएको छ। खबर पाएपछि परिवारका सदस्यहरू सर्वप्रथम माथाभाङ्गा महकुमा अस्पताल पुगे। पछि परिवारले नै तिनलाई कोचबिहारको एक निजी अस्पतालमा लग्यो जहाँ तिनको मृत्यु भयो।
दुर्घटना कसरी भयो भन्ने विषयबारे तिनीहरूलाई केही जानकारी नरहेको मृत ललितको परिवारले जनाएको छ। फोनमार्फत तिनीहरूलाई दुर्घटनाको खबर दिइएको थियो। ललित अधिकारी महिषमुरी शियालडाङ्गा प्राइमरी स्कूलका शिक्षक थिए। तिनको परिवारमा श्रीमती र दुई छोरा-छोरी छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.