Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मालदामा बीएलओको मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

राज्यमा एसआईआरको सुनुवाइ चलिरहेको बेला फेरि एकजना बीएलओको मृत्यु भएको घटना सार्वजनिक भएको छ। बुधवार बिहान सबेरै मालदा जिल्लाको इङ्ग्लिसबाजार नगरपालिका क्षेत्रअन्तर्गत फूलबारी पाकुड़तला क्षेत्रमा यो घटना भएको हो। मृत बीएलओको नाम सम्पृता चौधुरी सन्याल (48) हो। तिनी आईसीडीएस कर्मीका रूपमा कार्यरत थिइन्। इङ्ग्लिसबाजार नगरपालिका क्षेत्रको 15 नम्बर वार्डअन्तर्गत 163 नम्बर बूथकी बीएलओ थिइन्। सम्पृताका पति अर्धेन्दु चौधुरीअनुसार एसआईआरको कार्यको अत्यधिक चापका कारण केही दिनदेखि नै सम्पृता बिरामी थिइन्। चिकित्सकले तिनलाई विश्राम लिन सल्लाह दिएका थिए। तर कामको चापका कारण तिनलाई विश्राम लिन खासै मौका मिलेन।

जाड़ोका कारण तिनी निकै कष्ट पाइरहेकी थिइन्। यी सबै कारणले गर्दा मङ्गलवार मध्य राति तिनको स्वास्थ्य अझ बिग्रियो। तिनलाई नेबुलाइजर दिइयो तर त्यसले पनि काम नगरेपछि बिहान नर्सिङहोम लैजाने प्रयास गरियो। तर नर्सिङहोम लैजानअघि नै तिनको मृत्यु भयो।बीएलओको मृत्युको खबर पाएपछि 15 नम्बर वार्डकी काउन्सिलर गायत्री घोष तिनको घर पुगेकी थिइन्। घोषले भनिन्, गत 30 दिसम्बरदेखि नै सम्पृता बिरामी थिइन्। तिनी नर्सिङहोममा गएर चिकित्सकलाई देखाएकी थिइन्। चिकित्सकले जाड़ोका कारण सङ्क्रमण भएको बताएका थिए। औषधी दिएर तिनलाई घर पठाइएको थियो। काउन्सिलरअनुसार उक्त बीएलओ राति सुत्न समेत सक्दिन थिइन्।

तिनको ओछ्यानमाथि कागजपत्रहरू छरिएर राखिएको हुन्थ्यो। चुनाउ आयोगको अतिरिक्त चापकै कारण उक्त बीएलओको मृत्यु भएको काउन्सिलरले पनि आरोप लगाइन्। यस विषयमा भाजपाको दक्षिण मालदा साङ्गठनिक जिल्लाका अध्यक्ष अजय गङ्गोपाध्यायले प्रत्युत्तर दिएका छन्। तिनीअनुसार कुनै पनि मृत्यु दुःखद हुन्छ। तर बीएलओहरूको मृत्युका घटनामा सबै दोष चुनाउ आयोगलाई मात्र थोपर्न मिल्दैन। तृणमूल नेतृत्वले पनि बीएलओहरूमाथि चाप सिर्जना गरिरहेको छ। यही कारणले यस्ता समस्या उत्पन्न भइरहेका छन्। तिनले घटनाको जाँचको माग गरेका छन्। उल्लेखनीय छ, केही दिनअघि मात्रै कोचबिहारको बानेश्वर ग्राम पञ्चायतअन्तर्गत 103 नम्बर बूथका आशीष धर (45) नामका एक बीएलओको पनि मृत्यु भएको थियो। परिवारको आरोपअनुसार, एसआईआरको सुनुवाइ चलिरहेका बेला अत्याधिक चापका कारण तिनलाई हृदयाघात भई मृत्यु भएको थियो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.