एसआईआर प्रक्रियाबारे जन स्तरमा सचेतना बढ़ाउने साथै आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यमा सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषले देशबन्धु पाड़ामा हेल्प क्याम्प सञ्चालन गरेका छन्। देशबन्धु पाड़ाको एनटीएस मोड़मा आरम्भ गरिएको यस हेल्प क्याम्प मा विधायक शङ्कर घोषसहित भाजपाका अन्य नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति थियो।
विधायक शङ्कर घोषले भने, तृणमूल कङ्ग्रेसले एसआईआरको नाममा जनतालाई डर देखाउँदै गलत जानकारी दिइरहेको छ। त्यस डर र भ्रमलाई हटाउन नै यो पहल गरिएको हो। तिनले थपे, जो कोही पनि एसआईआरबारे चिन्तित छन् भने यस क्याम्पमा आए तिनीहरूले सबै किसिमको सहयोग पाउनेछन्।
आरोप लगाउँदै विधायक घोषले भने, तृणमूल कङ्ग्रेसले एसआईआरको होइन भारतकै विरोध गरिरहेको छ। अवैध नागरिकको समर्थनमा सड़कमा उत्रिनेहरू वास्तवमा भारत-विरोधी हुन्। तिनले भने, यस हेल्प क्याम्प आगामी दिन पनि जनसाधारणको सहयोगमा खुल्ला रहनेछ।



