Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

भाजपा बीएलएसित कुटपिटको आरोप

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) अन्तर्गत एन्युमरेशन फारम वितरणबारे कोचबिहारको माथाभाङ्गा 1 ब्लकको पचागढ़ ग्राम पञ्चायतको 239 नम्बर बूथमा तनाउ उत्पन्न भयो। छाटखाटेरबारी क्षेत्रमा भाजपा बूथ लेभल एजेण्ट निवास दासलाई दुर्व्यवहार गरिएको आरोप छ। निवास दासलाई जुत्ताको माला लगाएर गाउँभरि घुमाइएको तृणमूल कङ्ग्रेसमाथि आरोप लागेको छ। भाजपाको आरोपअनुसार, बीएलओ निशीथ राय अनि तृणमूलका केही स्थानीय नेताहरूले मिलेमतो गरेर यस्तो गरेका हुन्। यस घटनाको कारण बिहीवार माथाभाङ्गामा तनाउ सिर्जना भयो। स्थिति नियन्त्रणमा लिन घटनास्थलमा ठूलो सङ्ख्यामा पुलिस तैनाथ गरिएको छ।
भाजपा बीएलए निवास दासले भने, मैले फोन गरेपछि बीएलओले हामी धर्म चक्रवर्तीको घरमा आएका छौँ अनि तपाईँ पनि यहाँ आउनुहोस् भनेर बताए। म त्यहाँ पुग्दा बीएलओहरू त्यहाँ थिएनन्। त्यसपछि मैले धर्म ठाकुरको घरका सदस्यहरूलाई सोधेँ। तिनीहरू बाइकमा गएका मलाई बताइयो। त्यसपछि मैले फेरि फोन गरेँ। त्यो समय तिनीहरू रसिक दासको घरमा गइरहेको मलाई बताइयो। म त्यहाँ पुगेर काम आरम्भ गरेँ। तर त्यसपछि त्यहाँ ममाथि आक्रमण भयो। सरकारी बीएलओ निशिथ राय तृणमूलका नेता हुन् र तिनका दाइ स्थानीय तृणमूल ब्लक अध्यक्ष हुन्। तृणमूलका अजित दासको नेतृत्वमा आफूमाथि कुटपिट भएको पनि निवास दासले आरोप लगाए।
घटनाबारे कोचबिहार जिल्ला तृणमूल कङ्ग्रेसका अध्यक्ष गिरीन्द्रनाथ बर्मनले भने, हामीलाई यस्तो कुनै घटनाबारे जानकारी छैन। बीएलओहरू चुनाउ आयोगका कर्मचारी हुन्। यसको पार्टीसित कुनै सम्बन्ध छैन। यता माथाभाङ्गाका भाजपा विधायक सुशील बर्मनले भने, तृणमूल कङ्ग्रेस भाजपासित डराइरहेको छ। त्यसैले भाजपाका बीएलएहरूमाथि आक्रमण भइरहेको छ। भाजपा नेताहरूलाई कुटपिट गरेर तृणमूलले जनतामा आतङ्क फैलाइरहेको छ। एसआईआर चुनाउ आयोगको स्वतःस्फूर्त पहल हो। यसमा भाजपाको कुनै भूमिका छैन। तृणमूलले यस विषयमा अनावश्यक राजनीति गरिरहेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.