Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बीडीओको मन्तव्यले विवाद

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

पश्चिम बङ्गालको जलपाइगढ़ी जिल्लाको राजगञ्जमा ब्लक डेभलपमेण्ट अफिसर (बीडीओ) ले सड़क मरम्मतीको मागमा प्रदर्शन गरिरहेका गाउँका महिलाहरूलाई भने, राज्य सरकारबाट लक्ष्मी भण्डारको राशि पाइरहनु भएको छ अनि फेरि किन सड़कमा आउनु भएको? घर जानुहोस्। तर महिलाहरूले स्पष्ट रूपमा भने, हामीलाई लक्ष्मी भण्डारको पैसा होइन सड़कको आवश्यकता छ। त्यसमाथि प्रतिक्रिया दिँदै बीडीओले भने, यदि तपाईँहरूलाई लक्ष्मी भण्डारको पैसा चाहिँदैन भने त्यसै पैसाले सड़क बनाइदिनेछौँ। बीडीओबाट यस्तो अचम्मको मन्तव्यले विवाद सिर्जना भएको छ। त्यस्तो मन्तव्य सुनेर स्थानीय वासिन्दाहरू अचम्मित बने अनि बीडीओलाई घेरेर विरोध जनाए।

प्रदर्शनका क्रममा बीडीओ प्रशान्त बर्मनले होस गुमाए। बेलाकोबामा स्थानीय वासिन्दाहरूले जीर्ण सड़कको मरम्मतीको माग गर्दै चक्काजाम गरिरहेका थिए। त्यस अवरोध हटाउने क्रममा बीडीयोले यस्तो टिप्पणी गरेका हुन्। जलपाइगढ़ीको राजगञ्ज ब्लकअन्तर्गत शिकारपुर ग्राम पञ्चायतको बेलाकोबास्थित उत्तर बङ्गाल फार्म क्षेत्रमा लगभग 3 किलोमिटर लामो सड़क विगत 20-25 वर्षदेखि जीर्ण अवस्थामा छ। स्थानीय मानिसहरूले पटक–पटक मरम्मतीको माग गरे पनि त्यसबारे काम भएको छैन।

यसपल्ट सबै स्थानीय पुरुष र महिलाहरू बाध्य भएर सड़कमा उत्रिए। चक्काजामका कारण बेलाकोबाको मुख्य मार्ग अवरुद्ध भयो। केही समयपछि बीडीओ प्रशान्त बर्मन पुलिससित त्यहाँ आए। पहिले जस्तै यसपल्ट पनि ग्राम पञ्चायत वा ब्लक प्रशासनद्वारा यो सड़क मरम्मती सम्भव नरहेको तिनले बताए। यसका लागि जिल्ला परिषद वा विधायक–सांसदको कोषबाट बजेट आउनुपर्ने पनि तिनले अवगत गराए। वाद विवादपछि स्थानीय मानिसहरूले बीडीओलाई घेरेर विरोध प्रदर्शन गरे। धेरै बेरपछि पुलिसले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा ल्यायो। बीडीओ प्रशान्त बर्मनले भने, हामी यो सडक मरम्मती गर्न प्रयासरत छौँ। चाँड़ै काम सुरु हुनेछ। त्यसपछि स्थानीय वासिन्दाहरूले चक्काजाम र प्रदर्शन हटाए। यद्यपि लक्ष्मी भण्डारको पैसा पाउँदा जीर्ण सड़कमै हिँड्नुपर्छ त भन्ने स्थानीय वासिन्दाहरूको भनाइ छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.