Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

आँगनबाड़ी कर्मचारीहरूद्वारा स्मार्टफोन योजनाविरुद्ध विरोध प्रदर्शन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

पश्चिम बङ्गाल आँगनबाड़ी कर्मचारी एवं सहायिका कल्याण समिति, जोरबङ्गलो–सुकेपोखरी शाखाले राज्य सरकारले एकीकृत बाल विकास परियोजनाअन्तर्गत आँगनबाड़ी कार्यकर्ताहरूलाई 5जी स्मार्टफोन किन्नका लागि उपलब्ध गराएको 10 हजार रुपियाँको अनुदानविरुद्ध आज तीव्र विरोध जनाएको छ।

समितिका प्रतिनिधिहरूले आज सुकेपोखरी स्थित बाल विकास परियोजना कार्यालयमा परियोजना अधिकारी रिञ्छेन लामा यल्मोलाई ज्ञापन पत्र बुझाउँदै राज्यको निर्णयप्रति आपत्ति जनाए। समितिकी सभानेत्री फुर्बा किमाअनुसार केन्द्र सरकारले सन् 2021 र 2026 मा क्रमशः 10 हजार र 8 हजार रुपियाँको सहयोग उपलब्ध गराएको भए पनि यसपटक राज्य सरकारले केवल 10 हजार रुपियाँ उपलब्ध गराएको छ र बाँकी 8 हजार रकम गायब भएको जनाएकी छिन्। तिनीअनुसार सरकारले अनिवार्य रूपमा 10 हजार रुपियाँको 5जी स्मार्टफोन खरीद गर्न आदेश दिएको छ।

तर उक्त रकममा गुणस्तरीय स्मार्टफोन किन्न कठिन भएको र यस्तो फोनले पोषण परियोजनाको कार्य सहज रूपमा गर्न नसकिने बताइएको छ। साथै फोनमा सिम कार्डसमेत पनि आफै किनेर लगाउन परेको विषयमा पनि आपति जनाइएको छ। सभानेत्री किमाले भनिन्, यो प्रक्रिया कर्मचारीहरूप्रति अपमानजनक र अनादरपूर्ण व्यवहारको उदाहरण हो। यसले मानसिक तनाउ र असहजता सिर्जना गरेको छ। यसै सन्दर्भमा आज जोरबङ्गलो–सुकेपोखरी क्षेत्रका सबै आँगनबाड़ी कर्मचारीहरू सुकेपोखरी कार्यालयमा भेला भई उक्त निर्णयको विरोधमा आवाज उठाएका हुन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.