Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मेडिकलमा सुपर स्पेशियालिटी ब्लक निर्माण भए पनि सञ्चालनमा छैन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

उत्तर बङ्गालका जनसाधारणलाई अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्न उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा सुपर स्पेशियालिटी ब्लक तयार गरिएको छ। योजनाअनुसार त्यहाँ पेडियाट्रिक सर्जरी, प्लाष्टिक सर्जरी र कार्डियोथोरासिक सर्जरीसितै सबै आधुनिक स्वास्थ्य सेवा उपलब्ध हुने बताइएको थियो। तर सुपर स्पेशियालिटी विभाग सञ्चालन गर्नको साटो नयाँ भवनमा पुरानो भवनमा रहेका अल्ट्रासोनोग्राफी, सेण्ट्रल ल्याब, ईईजी, सीसीयू जस्ता विभागहरूलाई सारिएको छ।
सुपर स्पेशियालिटी विभागका लागि विभिन्न उपकरण पाँच वर्षअघि नै ल्याइएको थियो। लामो समयदेखि अलपत्र परेकाले ती उपकरण खराब हुँदै गइरहेका छन्।

निजी अस्पताल तथा नर्सिङ होम सञ्चालकहरूको दबाउकै कारण सुपर स्पेशियालिटी ब्लक पूर्ण रूपले सञ्चालन हुन नदिएको गम्भीर आरोप उठेको छ। मेडिकलमा निःशुल्क अत्याधुनिक उपचार आरम्भ भए सिलगढ़ीका गल्ली–गल्लीमा चलेका निजी अस्पताल र नर्सिङ होममध्ये धेरै बन्द हुन सक्ने स्थितिमा यस्तो आरोप उठेको हो। यद्यपि मेडिकल कलेजका प्राचार्य तथा अस्पतालका सुपर डा. सञ्जय मलिकले भने, धेरैजसो उपकरण प्रयोग भइरहेका छन्। तर चिकित्सक र अन्य स्वास्थ्यकर्मीको अभावमा सुपर स्पेशियालिटी विभागहरू सञ्चालन गर्न सकिएको छैन।स्वास्थ्य मन्त्रालयको 150 करोड़ रुपियाँको बजेटमा प्रधानमन्त्री स्वास्थ्य सुरक्षा योजनाअन्तर्गत सुपर स्पेशियालिटी ब्लकको निर्माण 215 देखि आरम्भ भएको थियो। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो। त्यसअनुसार 2019 को आरम्भदेखि ठेक्का पाएको कम्पनीले सुपर स्पेशियालिटी ब्लकका लागि उपकरण पठाउन आरम्भ गर्योय। तर भवनको काम नसकिएको हुनाले सबै उपकरण मेडिकलको भण्डारमा राखिएको थियो। क्रमशः ठूलो सङ्ख्यामा भेण्टिलेटर, मोनिटर, कार्डियोथेरासिक सर्जरी र प्लाष्टिक सर्जरीका उपकरण आएका थिए। तीमध्ये केही भेण्टिन्टिलेटर र मोनिटर कोभिड समयमा भण्डारबाट निकालेर जलपाइगढ़ीसहित अन्य जिल्लामा पठाइयो। बाँकी बहुमूल्य उपकरण अझै त्यहीँ थन्किएका छन्। बाहिर लगिएका उपकरण फर्काइए वा फर्काइएन भन्ने कुरा स्पष्ट छैन। यसबारे अधिकारीहरू बोल्न तयार छैनन्।
सुपर स्पेशियालिटी ब्लकका लागि ल्याइएका उपकरण तथा अपरेशन थिएटरको सामग्री कुनै पनि निजी अस्पतालको स्वास्थ्य पूर्वाधारलाई टक्कर दिन सक्षम रहेको मेडिकलका केही चिकित्सकहरू बताउँछन्। तर अज्ञात कारणले ती सबै स्टोरमा थन्किएका छन्। डा. सन्दीप सेनगुप्ताले भने, प्रत्येक उपकरणको वारण्टी अवधि हुन्छ। उक्त समयमा खराब भए कम्पनीले मरम्मती वा प्रतिस्थापन गरिदिन्छ। तर वारण्टी सकिएपछि केही गर्न सकिँदैन। सुपर स्पेशियालिटी ब्लकका लागि ल्याइएका धेरै उपकरण अझै जड़ान गरिएका छैनन्। सम्भवतः तिनीहरूको वारण्टी अवधि सकिएको छ। सकेसम्म चाँड़ो उपकरण जड़ान गरी सुपर स्पेशियालिटी विभाग सञ्चालन गर्न सकिए सही हुनेछ। हाल सुपर स्पेशियालिटी ब्लकमा केही वहिर्भिभाग अनि 20 शैय्याको कार्डियाक केयर युनिट तथा युरोलोजीको आन्तरिक विभाग सञ्चालनमा छ। साथै अल्ट्रासोनोग्राफी, सेण्ट्रल ल्याब, ईईजी जस्ता विभाग पुरानो भवनबाट यहाँ सारिएको छ। युरोलोजीको आन्तरिक विभाग आरम्भ भए पनि अपरेशन थिएटर अझै सञ्चालन भएको छैन। अपरेशन गर्न रोगीलाई पुरानै ओटीमा लैजानुपर्छ। केही असन्तुष्टि जाहेर गर्दै सम्बन्धित विभागका प्रमुख डा. विश्वजीत दत्तले भने, आन्तरिक विभाग आरम्भ गर्दा नै यहाँ ओटी आरम्भ गर्नुपर्ने माग गरेका थियौँ। त्यति बेलादेखि अधिकारीहरूले हुन्छ भनेर आश्वासन दिइरहेका छन्। तर अझैसम्म आरम्भ भएको छैन।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.