Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

दुर्व्यवहार गरिएको यात्रीहरूको आरोप

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

आरक्षित सीटको टिकट काट्ने समयमा कतिपय यात्रीहरू कहिलेकाहीँ दुर्व्यवहारको शिकार हुँदै आइरहेका छन्। कोचबिहार रेल स्टेशनको टिकट काउण्टरबारे यस्तो आरोप उठेको छ। यात्रीहरूको भनाइमा, काउण्टरको कामकाज यति ढिलो गतिमा हुन्छ कि तोकिएको समयमा टिकट पाउनु त परै जावोस् विरोध जनाएपछि उल्टै आरपीएफ वा जीआरपीलाई बोलाएर चाप दिइन्छ।
केही यात्रीहरूले भने रेल कर्मचारीहरूको टिफिन टाइम सम्बन्धी पनि अझै स्पष्टता छैन। धेरै कर्मचारीहरू तोकिएको समयपछि मात्र कार्य आरम्भ गर्छन्। त्यसैले यात्रीहरूलाई लाइनमा घण्टौँसम्म उभिनुपर्ने अवस्था आउँछ। कोचबिहारको न्यू टाउन क्षेत्रका वासिन्दा सञ्जय सरकारले भने, बिहान 11.25 बजी आरक्षित टिकट काट्न काउण्टरमा पुगेँ। 11.30 देखि 12 बजीसम्म काउण्टर बन्द रहन्छ भनेर कर्मचारीले जानकारी दिए। 12.10 बजेर नाघिसक्दा पनि काउण्टर खोलिएको थिएन। पछि खोल्दा पनि स्थानीय यात्री (लोकल प्यासेञ्जर) ट्रेनको टिकट मात्र दिइँदै थियो। तिनीअनुसार लामो समयदेखि यस्तै हुँदै आइरहेको छ।

विरोध जनाउँदा रेल पुलिसलाई बोलाएर दबाउ सिर्जना गरिन्छ। अन्य यात्रीहरूले पनि यस्तै आरोप दोहोऱ्याएका छन्।कोचबिहार स्टेशनमा आरक्षित टिकटका लागि केवल एउटा काउण्टर छ। प्यासेञ्जर ट्रेन समात्ने समय नजिकिँदा साधारण यात्रीको भीड़ बढ़ेपछि आरक्षित टिकट वितरण नै रोकिदिन्छ। नाम गोप्य राख्ने शर्तमा एकजना यात्री भने, कम्तीमा दुईवटा काउण्टर खोलिएको भए समस्या कम्ती हुन्थ्यो। तोकिएको समयमा पनि टिकट दिइँदैन। काम निकै सुस्त गतिमा हुन्छ। अन्त्यमा यात्रीहरू पीड़ित बन्छन्। यस आरोपबारे रेलको अलिपुरद्वार डिभिजनका डीआरएम देवेन्द्र सिंहले भने, यस प्रकारको व्यवहार हुनु हुँदैन। यात्रीहरू किन समस्यामा परिरहेका छन् भनेर जाँच गरिनेछ। आवश्यक कदम चालिनेछ। तर यात्री सङ्ख्या बढ्नु नै समस्याको मुख्य कारण रहेको स्टेशन प्रशासनको दाबी छ। समस्याको मूल कारण भने कर्मचारीहरूको लापरवाही रहेको यात्रीहरूको भनाइ छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.