Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बीएलओद्वारा रुपियाँ माग गरिएको आरोप

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मोहम्मद सद्दाम होसैन सिलगढ़ी महकुमा परिषदअन्तर्गत पर्ने मतिगढ़ा–नक्सलबारी विधानसभा क्षेत्रको नक्सलबारीस्थित तोताराम जोत मदरसा बस्तीका वासिन्दा हुन्। पेशागत कारणले तिनी पत्नी र सन्तानसहित बेङ्गलुरुमा बसोवास गर्दै आइरहेका छन्। त्यहाँ तिनी एक निजी संस्थामा कार्यरत छन्। तर तिनका परिवारका बाँकी सदस्यहरू नक्सलबारीमै बस्दै आइरहेका छन्। एसआईआरको सुनुवाइका लागि सद्दामलाई बोलाइएको थियो। तिनका परिवारका लगभग 12 जना सदस्यहरूको कुनै समस्या नदेखिए पनि सद्दामको नाममा भने सुनुवाइको पत्र आएको थियो। गत हप्ता बिहीवार तिनका घरमा सुनुवाइ सम्बन्धी नोटिश पुगेको थियो। त्यसअनुसार परिवारले सद्दामसित सम्पर्क गरी मङ्गलवार सुनुवाइमा उपस्थित हुनुपर्ने जानकारी दियो। तर चुनाउ आयोगको निर्देशिकाअनुसार अन्य राज्यमा काम गर्ने श्रमिकहरूको हकमा परिवारका अन्य सदस्य सुनुवाइमा उपस्थित भए पनि नाम दर्ता हुने व्यवस्था हुँदाहुँदै सद्दामले आफ्ना बीएलओ कञ्चन लिम्बूसित यस विषयमा सम्पर्क गरे।
त्यहाँबाट विवाद आरम्भ भयो। सद्दामको आरोपअनुसार कञ्चनले नाम हालिदिने शर्तमा चार हजार रुपियाँ माग गरे। फोनमार्फत कञ्चनले सद्दामलाई बेङ्गलुरुबाट आउनु नपर्ने र परिवारका एक सदस्यलाई लिएर आफै सुनुवाइमा जाने बताएका आरोप छ। आफ्नो आरोपको प्रमाण स्वरूप सद्दामले आफू र कञ्चनबीच भएको फोन सम्वादको अडियो रेकर्डिङ रहेको दाबी गरेका छन्। यसबीच बीएलओमाथि विश्वास गुमाएका सद्दाम बेङ्गलुरुबाट नक्सलबारी फर्किए र स्वयं सुनुवाइमा उपस्थित भए। सुनुवाइपछि तिनले भने, चुनाउ आयोगको नियमअनुसार अन्य राज्यमा कार्यरत व्यक्तिको परिवारको कुनै सदस्य कागजातसहित सुनुवाइमा पुगे पर्याप्त हुने व्यवस्था छ। त्यस्तो अवस्थामा बीएलओले चार हजार रुपियाँ माग गर्नु अनैतिक हो। म परिवार छोड़ेर विमान भाड़ा तिरेर यहाँ आएको हुँ। यो पूर्ण रूपमा गलत कार्य हो। यस विषयमा चुनाउ आयोगले ध्यान दिनुपर्छ।
तर बीएलओ कञ्चन लिम्बूले भने सद्दामसित आफ्नो कुराकानी नभएको स्पष्ट रूपमा अस्वीकार गरेका छन्। लिम्बूले भने, तिनको नाममा सुनुवाइको नोटिश आएको थियो। त्यो मैले तिनको घरमा पुर्यामएको हुँ। तर मेरो तिनीसित मेरो कुराकानी भएको छैन। म तिनलाई चिन्दिनँ। यी सबै कुरा पूर्ण रूपमा झुटा हुन्। मेरो विरुद्ध झुटो आरोप लगाइँदैछ। उक्त घटनाबारे प्रतिक्रिया दिँदै नक्सलबारी बीडीओ प्रणव चट्टोपाध्यायले भने, यस विषयमा म कुनै टिप्पणी गर्न चाहन्नँ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.