Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

गुण्डा लगाएर भाइमाथि आक्रमण गरेको आरोप

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सिलगढ़ीको इष्टर्न बाइपास नजिकको डाबग्राम–2 ग्राम पञ्चायतअन्तर्गत सरदा मोड़ क्षेत्रमा एक युवामाथि आफ्नै भाइमाथि भाड़ाका गुण्डा पठाएर आक्रमण गरेको आरोप लागेको छ। घटना शनिवार दिउँसोको हो। घर कब्जा गरेको विषयमा ठूला भाइ मानिक साहाले भाड़ामा गुण्डा लगाएर कान्छो भाइ रतनको घरमा आक्रमण गरेको आरोप छ। स्थिति यति तनाउग्रस्त बनेपछि सिलगढ़ी पुलिस कमिश्नरेटले आशीघर थानालाई तुरुन्त कारवाहीको निर्देश दियो। त्यसपछि दुवै भाइसहित अर्को एक व्यक्तिलाई पुलिसले पक्राउ गर्योन। पक्राउ परेका मानिक साहा, रतन साहा अनि शिशिर सिंहलाई आइतवार जलपाइगढ़ी जिल्ला न्यायालयमा प्रस्तुत गर्दा न्यायाधीशले तीनैजनालाई जेल हिरासतमा पठाउने आदेश दिए।
घटना केही वर्षअघि आरम्भ भएको जग्गा सम्बन्धी विवादसित जोड़िएको बताइन्छ। रतनकी श्रीमती पायलले भनिन्, रतनले परिवारको इच्छा विपरीत केही वर्षअघि विवाह गरेका थिए। एउटै जातिका नभएकाले विवाहपछि हामीलाई घरमा प्रवेश गर्न दिइएन। केही वर्ष हामी भाड़ाको घरमा बस्यौँ। दुई वर्षअघि ससुराको घरमा बस्न दिइयो। तर पछि देवर र सासूले त्यो घर आफ्नो नाममा गराए। तिनले अझ भनिन्, हाल उक्त घरको स्वामीत्वको मुद्दा कलकत्ता उच्च न्यायालयमा चलिरहेको छ। तर यहीबीच शनिवार साँझ मानिकले भाड़ाका मान्छे ल्याएर गेट फोड़ी घरभित्र पसे अनि मेरी श्रीमानलाई कुटपिट गरे। घटना सम्बन्धी सीसी टिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ। पायलले आरोप लगाउँदै भनिन्, पुलिसलाई फोन गर्दा पनि सहयोग पाइएन। आशीघर चौकीका पुलिसले यसलाई पारिवारिक झगड़ा भन्दै हामीलाई आफै मिलाउन भन्यो।
मानिकले भने, भाइको काम गएपछि घरमा बस्न दिएको थिएँ। अहिले उल्टै मलाई घरमा पस्न दिइरहेको छैन। त्यस घरमा मेरो गोदाम पनि छ। गुण्डा ल्याएको आरोप अस्वीकार गर्दै आक्रमण स्थलमा रहेका मानिसहरू आफ्ना साथी र कामदार भएको तिनले ठोकुवा गरे। सिलगढ़ीका डीसीपी राकेश सिंहले भने, दुवै भाइबीच पुरानो विवाद चलिरहेको हो। कण्ट्रोल रूपमा फोन पुगेपछि पुलिसले तुरुन्त एक्सन लियो। उजुरीका आधारमा तीनजनालाई पक्राउ गरिएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.