सिटिजन एक्सन पार्टी सिक्किमको गेजिङ जिल्ला–स्तरीय संगठनात्मक समन्वय सभा पार्टी अध्यक्ष गणेश राईको प्रमुख उपस्थितिमा सम्पन्न भएको छ। सभामा चारवटै विधानसभा क्षेत्रको संगठनात्मक प्रगति, चुनौती तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।
कार्यक्रममा क्षेत्रीय अध्यक्षहरूले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। पार्टी अध्यक्ष गणेश राईले सिक्किममा भ्रष्टाचार, बेरोजगारी, गरिबी तथा प्रशासनिक समस्याबारे धारणा राख्दै नागरिकलाई सचेत र संगठित हुन आह्वान गरे। उनले २०२९ लाई सिक्किमको भविष्यका लागि महत्वपूर्ण राजनीतिक वर्ष भन्दै संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

