Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

जटिलताले सिंह सफारीमा बाधा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

बाघ, भालु, गैँड़ा लगायत विभिन्न जनावरहरू हेर्ने रोमाञ्च लिन वर्षभरि पर्यटकहरू बेङ्गल सफारीमा आउँछन्। तर केही महीनादेखि पर्यटकहरूको मुख्य आकर्षण प्रस्तावित सिंह सफारी हो। तर सिंह हेर्ने पर्यटकहरूको त्यो इच्छा अहिले प्रशासनिक जटिलताले पूरा हुन सकेको छैन। यस अवस्थामा बेङ्गल सफारीमा सिंह सफारी कहिले आरम्भ होला भन्ने प्रश्न अहिले पार्कमा आउने पर्यटकहरूको मुखमै झुण्डिएको छ। बेङ्गल सफारीमा सिंह सफारी प्रमुख आकर्षण हुने पर्यटकहरूको रुचिबाटै बुझ्न सकिन्छ। तर सिंहको गर्जन सुन्न नपाएर पर्यटकहरू निराश हुँदै फर्किनु परिरहेको छ।
पार्कमा सिंह सफारीका लागि आवश्यक पूर्वाधार तयार भइसके पनि केन्द्रीय चिड़ियाखाना प्राधिकरणबाट अन्तिम स्वीकृति नआउँदा अहिले नै यसलाई आरम्भ गर्न नसकिने जानकारी सम्बन्धित निकायले दिएको छ। पार्कमा सिंह सफारीका लागि आवश्यक घेराबन्दी र पूर्वाधार निर्माण कार्य पूरा भइसकेको छ। हालका लागि पर्यटकहरूले घेराबन्दीभित्रबाटै सिंह अवलोकन गर्नु परिरहेको छ। प्राप्त जानकारीअनुसार राज्य वन विभागले सबै तयारी पूरा गरे पनि मुख्य बाधा केन्द्रीय चिड़ियाखाना प्राधिकरणको स्वीकृति बनेको छ। नयाँ जनावर ल्याउन वा सफारी सञ्चालन गर्नअघि यस केन्द्रीय निकायको अनुमति अनिवार्य हुन्छ। त्यहाँबाट अझै हरियो सङ्केत नआएकाले कहिले यो सफारी आरम्भ होला भन्ने विषयमा बेङ्गल सफारीका निर्देशक विजय कुमारले निश्चित रूपमा केही भन्न सकिरहेका छैनन्। यद्यपि विजय कुमारले भने, सफारीको आकर्षण बढ़ाउन केही नयाँ जनावर ल्याउने प्रस्ताव पठाइएको छ।
हाल पहाड़ र डुवर्स क्षेत्रमा पर्यटकहरूको भीड़ रहेको छ। धेरैजसो मानिस सिंह सफारीको आशामा पार्कमा आइरहेका छन् तर निराश हुँदै फर्किरहेका छन्। सफारीमा आएकी अक्सिता बोसले भनिन्, सिंह सफारीबारे केही महीनादेखि सुनिरहेकी थिएँ। आरम्भ भइसकेको होला भन्ने लागेको थियो। तर सिंह देखे पनि सफारीको आनन्द पाउन सकिनँ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.