Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

भाजपा दलिभित्र फाटो

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

चुनाउको मुखैमा पार्टीभित्र असन्तोष यसपल्ट सार्वजनिक भएको छ। भाजपाका विक्षुब्ध कार्यकर्ताहरू भारतीय सनातन हिन्दू मञ्चको छातामुनि आएर विधानसभाको चुनाउका लागि उम्मेद्वार घोषणा गरेका छन्। पूर्व जिल्ला सह–सभापति आलोक चक्रवर्तीको नेतृत्वमा सिलगढ़ी, डाबग्राम–फूलबारी र जलपाइगढ़ी सदर यी तीन आसनमा उम्मेद्वारको नाम घोषणा गरिएको छ। आगामी दिन अझ 29 वटा आसनमा पनि उम्मेद्वार घोषणा गरिने विक्षुब्धहरूले बताएका छन्।
जलपाइगढ़ी प्रेस क्लबमा पत्रकार सम्मेलन गर्दै आलोक चक्रवर्तीले भने, हिन्दू समाज र राष्ट्रको हितका लागि हामीले राज्यका 32 आसनमा उम्मेद्वार दिने लक्ष्य लिएका छौँ। अहिलेका लागि उत्तर बङ्गालका तीन क्षेत्रमा उम्मेद्वार घोषणा गरिएको हो। तिनीअनुसार सिलगढ़ीमा तरुण तालापात्र, डाबग्राम–फूलबारीमा आलोक सेन र जलपाइगढ़ी सदरमा उम्मेद्वार दिइएको छ।
पार्टीविरुद्ध आक्रोश व्यक्त गर्दै आलोकले भने, पार्टीका लागि धेरै गरेका छौँ तर मूल्याङ्कन भएन। 2023 को धूपगुड़ी उपचुनाउमा अपमानित हुनु पर्यो । न्याय माग्दा उल्टै आरोपीहरूलाई नै पुरस्कृत गरियो। भाजपाको नेतृत्वलाई समय सीमा दिए पनि कुनै प्रतिक्रिया आएन। त्यसैले बाध्य भएर चुनाउ मैदानमा उत्रिनु परेको तिनको दाबी छ। यस्तै स्वर डाबग्राम–फूलबारीका उम्मेद्वार आलोक सेनको भनाइमा पनि सुनियो। तिनले भने, 2021 मा पनि टिकट पाउने कुरा थियो तर पाइएन। नयाँहरूलाई प्राथमिकता दिइँदैछ, पुरानाहरू वञ्चित भइरहेका छन्। त्यसैले मैदानमा उत्रिएँ। उम्मेद्वारको मत नै तिनको पक्षमा आउनेछ र आफूलाई वास्तविक भाजपाको अनुहार भनेर उल्लेख गरे। विगत पाँच वर्षमा क्षेत्रमा खासै विकास नभएको आलोक सेनले थप आरोप लगाए। तिनले भने, सड़क, एम्बुलेन्स, कुनै सेवा पनि उपलब्ध भएन। मानिसहरू परिवर्तन चाहिरहेका छन्। यहाँसम्म कि केन्द्रीय नेतृत्वबाट निर्देशन आए पनि उम्मेद्वारी फिर्ता नलिने कठोर चेताउनी पनि दिएका छन्। तर यदि भाजपाले तिनलाई नै उम्मेद्वार बनाए मात्र आफ्नो अड़ान परिवर्तन गर्ने सोच्ने बताएका छन्।
उल्लेखनीय छ, 2023 को धूपगुड़ी उपचुनाउका क्रममा भाजपाको पार्टी कार्यालयअघि भएको विरोध प्रदर्शनमा आलोक चक्रवर्तीलाई धकेल्ने र कुटपिट गर्ने आरोप पार्टीकै केही नेताहरूमाथि लागेको थियो। पछि तिनले राज्य नेतृत्वसित पनि भेट गरेका थिए। उक्त विषयलाई वर्तमान राज्य अध्यक्ष शमिक भट्टाचार्यको ध्यानमा समेत ल्याइएको बताइन्छ। तर यस विषयमा पार्टीले कुनै कदम नचालेको आरोप छ। त्यसै असन्तोषको प्रतिविम्ब अहिले चुनाउ मैदानमा देखिएको हो। तर चुनाउको मुखैमा यसरी विक्षुब्धहरूले प्रतिपक्ष उम्मेद्वार खड़ा गरेपछि भाजपाको जिल्ला नेतृत्व चिन्तित बनेको छ। अब छलफलमार्फत जिल्ला नेतृत्वले विक्षुब्धहरूलाई शान्त पारेर उम्मेद्वारी फिर्ता गराउन सक्छ कि सक्दैन, त्यो हेर्न बाँकी छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.