Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

तृणमूल–भाजपा उम्मेद्वारको पूजा विषयमा अलिपुरद्वारको मन्दिरमा तनाउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

विधानसभा निर्वाचनका उम्मेद्वार घोषणा भएपछि अलिपुरद्वारमा राजनीतिक तनाउ क्रमशः बढ्दै गइरहेको छ। सोही तनाउको अभिव्यक्ति शहरमै देखियो जहाँ भाजपा र तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूबीच नारा–प्रतिनाराले क्षेत्र तात्तियो। अलिपुरद्वारका भाजपा उम्मेद्वार परितोष दास शहरको 3 नम्बर वार्डस्थित दक्षिणेश्वर रामकृष्ण सङ्घ आद्यापीठ मन्दिरमा पूजा गर्न पुगेका थिए। पूजा सकेर मन्दिर परिसरबाट जनसम्पर्क गर्दै बाहिर निस्किने क्रममा नै नारा–युद्ध आरम्भ भयो। त्यसै मन्दिरमा पूजा गर्न तृणमूलका उम्मेद्वार सुमन काञ्जीलाल पनि आउने कार्यक्रम थियो। भाजपा उम्मेद्वार मन्दिरबाट बाहिर निस्कँदा सुमन काञ्जीलालको प्रतीक्षामा रहेका कार्यकर्ताहरूले परितोष दासतर्फ लक्षित गर्दै जय बङ्गला नारा लगाउन थाले।
यसको प्रतिकारमा उम्मेद्वारसित रहेका भाजपा कार्यकर्ताहरूले पनि जय श्रीराम नारा लगाए। क्षणभरमै नारा–प्रतिनाराले पूरै क्षेत्र तातियो र तनाउपूर्ण स्थिति सिर्जना भयो। यद्यपि उक्त समयमा घटनास्थलमा तृणमूल उम्मेद्वार सुमन काञ्जीलाल उपस्थित थिएनन्। स्थिति तनाउपूर्ण भए पनि भाजपा कार्यकर्ताहरू कुनै किसिमको वादविवाद वा झगड़ीमा नगरी शान्तिपूर्वक क्षेत्र छाड़े जसका कारण कुनै ठूलो अप्रिय घटना भएन।
पछि सोही मन्दिरमा पुगेर तृणमूल उम्मेद्वार सुमन काञ्जीलालले पूजा गरे। पूजा सकेर बाहिर निस्किँदा नारा–युद्धबारे तिनले भने, यस मन्दिरमा आउने हाम्रो पूर्व निर्धारित कार्यक्रम भएकाले सबै नेता, कार्यकर्ता र समर्थकहरू उपस्थित थिए। तिनीहरूमा उत्साह थियो अनि त्यसै कारण नारा लागेको हो। नारा–प्रतिनारा लोकतन्त्रको स्वस्थ प्रतिस्पर्धाको हिस्सा हो। शान्तिपूर्ण वातावरण कायम राख्दै राजनीतिक प्रतिस्पर्धा होस् भन्ने हामी सबै चाहन्छौँ। आगामी दिन जनतालाई राम्रो सेवा दिनु नै लक्ष्य हुनुपर्छ।
नारा–युद्धबारे अलिपुरद्वारका भाजपा उम्मेद्वार परितोष दासले भने, सबैभन्दा राम्रो र स्वस्थ राजनीतिका लागि आवश्यक कुरा भनेको आपसी शिष्टाचार आदान–प्रदान हो। तर पश्चिम बङ्गालमा लामो समयदेखि सत्तामा रहेको दलले यसलाई जीविकाको माध्यम बनाएका कारण तिनीहरू हामीलाई विपक्षी मात्र होइन शत्रुका रूपमा हेर्छन्। त्यसैले तिनीहरूले यस्तो व्यवहार गरेका हुन्। यदि बङ्गालमा भाजपा सत्तामा आए हामी यस्तो राजनीतिक वातावरण बनाउनेछौँ जहाँ राजनीतिक रूपमा नै प्रतिद्वन्द्वीसित प्रतिस्पर्धा हुनेछ, यस्तो गतिविधि हुने छैन। यस्तो राजनीति केवल बङ्गालमै देखिन्छ। पश्चिम बङ्गालमा स्वस्थ राजनीतिक वातावरण छैन, यसैको प्रतिफल यहाँ देखिएको हो।
अर्कातिर आसन्न विधानसभा निर्वाचनमा आफ्नो जितप्रति सुमन काञ्जीलाल आशावादी देखिएका छन्। तिनले भने, मलाई ठूलो सौभाग्य लागेको छ कि मा, माटी, मानुष र हाम्रो जननेत्री ममता ब्यानर्जीको आदर्शबाट प्रेरित भएर यस सङ्घर्षमा सहभागी हुन पाएको छु। यसका लागि हाम्रो मुख्यमन्त्री ममता ब्यानर्जी र हाम्रो नेता अभिषेक ब्यानर्जीलाई धेरै धन्यवाद र प्रणाम व्यक्त गर्दछु। यो हाम्रो ठूलो सङ्घर्ष हो, हामी सबै मिलेर यसलाई लड्नेछौँ। त्यसैले आज मन्दिरमा आएर पूजा गरेर माताबाट आशीर्वाद लिएको हुँ।
गत विधानसभा निर्वाचनमा सुमन काञ्जीलाल भाजपा उम्मेद्वारका रूपमा लड़ेका थिए। पछि तिनी तृणमूलमा सामेल भए। यसपल्ट विधानसभा निर्वाचनमा तिनले तृणमूलका तर्फबाट अलिपुरद्वारबाट टिकट पाएका छन्। चुनाउ अनुभवबारे तिनले भने, अनुभव भनेको एउटै हो—जनताको लागि काम गर्नु। हामी एउटा कुरामा विश्वास गर्छौँ, सबैभन्दा माथि मानिस सत्य हो, त्यसभन्दा माथि कोही छैन। त्यसैले हामी जहाँ भए पनि जनताको सेवा गर्नु नै प्राथमिकता दिनेछौँ। हाम्रो जननेत्री ममता बन्द्योपाध्यायले सीमान्त क्षेत्रका गरीब तथा सबै साधारण मानिसहरूलाई प्राथमिकता दिँदै जसरी मेहनत गरिरहेका छन् त्यसमा सहभागी हुन पाउँदा म आफूलाई धन्य ठान्छु।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.