Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

23 अप्रेल पहिलो चरणमै उत्तर बङ्गालमा चुनाउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सन् 2021 मा तीन चरणमा भए पनि यसपल्ट उत्तर बङ्गालमा एकै चरणमा चुनाउ हुने भएको छ। 23 अप्रेल पहिलो चरणमा राज्यका 16 जिल्लाका 152 वटा आसनमा चुनाउ हुनेछ, जसमा उत्तरका आठ जिल्लाका ५४ वटा केन्द्र समावेश छन्। आइतवार साँझ चुनाउ आयोगले चुनाउको तालिका घोषणा गर्ने बित्तिकै हिलीबाट हल्दीबारीसम्म सबै ठाउँमा दक्षिणपन्थी–वामपन्थी सबै पक्ष कम्मर कसेर मैदानमा उत्रिएका छन्। उम्मेद्वारको सूची घोषणा नभए पनि भित्ते लेखन आरम्भ भइसकेको छ। जुलुस र सभामार्फत सत्तारूढ़ पक्ष र विपक्षीहरूले प्रचारलाई तीव्रता दिएका छन्। एसआईआर प्रक्रियाका कारण उत्तरका प्रत्येक जिल्लामा धेरै मतदाताको नाम अदालती विचाराधीन अवस्थामा रहेको छ। अन्तिम मतदाता सूचीबाट हटाइएका हजारौँ मानिसले फेरि नाम दर्ता गराउन आवेदन दिएका छन्। तिनीहरूको चुनाउ अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै तृणमूल कङ्ग्रेसले आवाज उठाएको छ। यस विषयमा आइतवार विभिन्न क्षेत्रमा जुलुससमेत निकालेको छ। वामपन्थीहरूको पनि यही माग रहेको छ।
हालको अवस्थाअनुसार उत्तरका 54 वटा आसनमध्ये तृणमूल कङ्ग्रेसको कब्जामा 28 वटा आसनहरू छन्। भाजपाको कब्जामा 25 वटा आसन छन्। यसमध्ये जीएनएलएफको समर्थनमा अघिल्लो पटक दार्जीलिङ आसनमा भाजपा पार्टी विजयी भएको थियो। कालेबुङ आसनमा भने भाजपालाई पराजित गर्दै अनित थापाको दलका उम्मेद्वार विजयी भएका थिए। उत्तरका धेरै आसनमा निर्णायक शक्ति चियाबारी क्षेत्रका आदिवासी मतदाताको रहेको छ। साथै धेरै आसनमा राजवंशी मत पनि महत्त्वपूर्ण कारक मानिन्छ। एसआईआर प्रक्रियामा यी दुई समुदायका धेरै मानिसहरूको नाम अदालती परीक्षणको दायरामा रहेको छ। यसका साथै धेरै अल्पसङ्ख्यक मतदाताको नाम पनि विचाराधीन सूचीमा रहेको छ। त्यसैले अन्ततः तिनीहरूमध्ये कतिजनाले आफ्नो चुनाउ अधिकार प्रयोग गर्न पाउनेछन् भन्ने विषयमा जानकार वृत्तको ध्यान केन्द्रित भएको छ। एसआईआरको विरोधमा आरम्भदेखि नै राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेस मैदानमा रहेको छ। चुनाउ घोषणा भएसितै यस मुद्दालाई अझ तीव्र बनाउँदै लगेको छ। एसआईआरको विरोधसितै राज्यका विकास योजनाहरू प्रस्तुत गर्दै सत्तारूढ़ दलका कार्यकर्ताहरूले निरन्तर प्रचार गरिरहेका छन्। तिनीहरूले पहिल्यै होमवर्क पूरा गरिसकेका तृणमूलको दाबी छ। त्यसैले चुनाउ घोषणा भएसितै तृणमूल शिविर उत्साहित बनेको छ।
राज्यका पूर्व मन्त्री तथा सिलगढ़ी नगर निगमका मेयर गौतम देवले भने, हामी तयार छौँ। एक हप्तापछि चुनाउ भए पनि हामीलाई कुनै समस्या हुँदैन। नाम नलिई भाजपालाई लक्षित गर्दै उत्तर बङ्गाल विकास मन्त्री उदयन गुहले भने, कति चरणमा चुनाउ हुन्छ भन्ने विषयमा जसले नाटक गर्छ त्यसैले सोचोस्। हामी चुनाउ प्रतिस्पर्धाका लागि तयार छौँ। सबैभन्दा ठूलो कुरो जनता तयार छन्। भाजपाका राज्य सह–अध्यक्ष दीपक बर्मनले भने तृणमूल कङ्ग्रेस यसपल्ट उत्तर बङ्गालमा दुई अङ्कको आसन सङ्ख्या पनि पुग्न नसक्ने दाबी गरेका छन्। तिनले भने, राज्यको सत्तारूढ़ दलको भ्रष्टाचार हाम्रो प्रचारको मुख्य मुद्दा हुनेछ। साथै केन्द्र सरकारले उत्तर क्षेत्रमा सड़क, पुल र रेलमार्फत गरेको विकास पनि प्रस्तुत गरिनेछ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.