Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एलपीजी डिलर–डिष्ट्रिब्युटरसित प्रशासनको बैठक

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

खाना पकाउने ग्यासको अभावका कारण जलपाइगढ़ीमा सङ्कट चरममा पुगेको छ। हतार–हतार ग्यास डिलर, डिष्ट्रिब्युटर र ग्यासको बोटलिङ प्लाण्टका अधिकारीहरूसित जिल्ला पुलिस र प्रशासनले बैठक गरेको छ। कुन डिलरसित कति सिलिण्डर उपलब्ध रहेको छ भन्ने जानकारी मागिएको थियो। डिलरहरूले आफूहरूसित अहिले कुनै पनि स्टक नरहेको बताए। पछिल्ला दुई दिनदेखि ग्यास बोकेको गाड़ी भित्रिएको छैन। व्यावसायिक ग्यास सिलिण्डर नभएकाले उपलब्ध सकिएको छैन।
अर्कातिर सर्भर समस्याका कारण ग्यास बुक गर्नै नसकिएको ग्राहकहरूको गुनासो छ। ग्यासको कालोबजारी भइरहेको छ। जलपाइगढ़ीका अतिरिक्त पुलिस अधीक्षक शौभनिक मुखोपाध्यायले भने, पुलिस सतर्क छ। ग्यासको कालोबजारीबारे उजुरी पाए तुरुन्तै कठोर कारवाही गरिनेछ। साथै डिलरहरूलाई प्रशासनसित सम्पर्क राखेर कार्य गर्न भनिएको छ ताकि कतै कुनै अप्रिय घटना नहोस्। त्यसका लागि पुलिसलाई निगरानी राख्न पनि भनिएको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.