Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

गोरु तस्करी विषयमा बीएसएफ अनि ग्रामवासीबीच विवाद

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

गोरु तस्करीलाई केन्द्र गरेर बीएसएफ अनि ग्रामवासीबीच विवादका कारण भारत–बङ्गलादेश सीमा क्षेत्रमा तनाउ फैलिएको छ। आइतवार रायगञ्ज ब्लकको महिपुर ग्राम पञ्चायतअन्तर्गत शनगा क्षेत्रमा यो घटना भएको हो। उक्त क्षेत्रमा गोरु तस्करी भइरहेको कारण काँड़ेतारनजिक जमीनमा लगाइएका बालीहरू नष्ट भइरहेका ग्रामवासीहरूको आरोप छ। यस घटनाको विरोध गर्न जाँदा बीएसएफसित विवाद भएको बताइएको छ। गोरु तस्करी रोक्दा तस्करहरूको आफन्तहरू आएर झगड़ा आरम्भ गरेका बीएसएफले आरोप लगाएको छ। घटनाको खबर पाएपछि रायगञ्ज थानाअन्तर्गत भाटोल फाँड़ीको पुलिस घटनास्थल पुगेको थियो।
त्यस क्षेत्रका वासिन्दा मिजानुर रहमानले आरोप लगाउँदै भने, सीमाको काँड़ेतारनजिक मेरो जमीन छ। मेरो मकैको खेत नष्ट भएको आज बिहान थाहा पाएँ। म त्यहाँ गएर हेर्दा पूरै खेत तहसनहस भएको देखेँ। त्यसको मोबाइलमा फोटो खिच्दै थिएँ। त्यसै बेला बीएसएफ क्याम्पका एक अधिकारी आएर मेरो मोबाइल खोस्ने प्रयास गरे। यसले स्थानीय ग्रामवासीहरू आक्रोशित बने। सबैले विरोध जनाए। स्थानीय ग्राम पञ्चायत सदस्य लतिफुर रहमानले भने, हाम्रो क्षेत्र हुँदै बेला–बेला गाईबस्तु तस्करी भइरहेको हुन्छ। यसबारे ग्रामवासीहरूले केही भन्न खोज्दा बीएसएफले तिनीहरूमाथि नै आक्रामक व्यवहार गर्छ। यस विषयमा हामीले बीडीओ कार्यालयमा पनि उजुरी गरेका छौँ। महिपुर ग्राम पञ्चायतका प्रमुख दीपक बर्मनले भने, आज बिहान सीमामा काँड़ेतार काटेर गोरु तस्करी गर्ने प्रयास भएको भन्ने सुनेका छौँ। त्यसबारे ग्रामवासी र बीएसएफबीच भनावैरी भएको हो। यो राष्ट्रिय सुरक्षासित सम्बन्धित विषय हो। हामी यो विषय प्रशासनिक तहमा जानकारी गराउनेछौँ।
यस विषयमा भने आधिकारिक रूपमा बीएसएफको तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन। तर बीएसएफ क्याम्पका एक अधिकारीले भने, त्यहाँ गोरु तस्करी रोकिएको थियो। त्यसपछि तस्करका आफन्तहरू आएर झगड़ा आरम्भ गरे। विषयबारे पुलिसले जानकारी पाएको छ। अब पुलिसले जे भन्नुपर्ने हो भन्नेछ। रायगञ्जका बीडीओ कमालउद्दिन अहमदले भने, जुन क्षेत्रमा यस्तो आरोप उठेको छ त्यसबारे जाँच गर्न पुलिस प्रशासनलाई भनिएको छ। रायगञ्ज पुलिस जिल्लाका पुलिस सुपर सोनावाने कुलदीप सुरेशले भने, सीमामा के घटना भएको हो भन्नेबारे छानबिन गरिनेछ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.