Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सीपीएमद्वारा सिलगढ़ीमा विरोध प्रदर्शन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सोमवार दार्जीलिङ जिल्ला समितिअन्तर्गत सीपीआई(एम) ले एसआईआर प्रक्रियाको क्रममा धेरै मतदाताहरूको नाम हटाइएको विरोधमा सिलगढ़ी महकुमा अधिकारी कार्यालय अगाड़ि प्रदर्शन गरेको छ। एसआईआर प्रक्रियाबाट धेरै वैध मतदाताहरू प्रभावित बनेका सीपीएमका नेताहरूले दाबी गरेका छन्। तिनीहरूले भारतीय महिला क्रिकेट टोलीकी सदस्य ऋचा घोसको नाम पनि रिभ्युमा राखिएको उल्लेख गरे। सीपीआई (एम) का कार्यकर्ता र समर्थकहरूले एसडीओ कार्यालयसम्म र्याुली निकाले अनि सड़क अवरोध गरे। पछि एसडीओ कार्यालयमा तिनीहरूले ज्ञापनपत्र चढ़ाए।
काउन्सिलर शरदिन्दु चक्रवर्तीले एसआईआर प्रक्रिया सम्बन्धी कागजात प्रस्तुत गर्दा सर्वसाधारण मानिसहरूले अनावश्यक हैरानी भोगिरहेको बताए। तिनले नाम हटाउने कार्यलाई योजनाबद्ध षड़यन्त्र भनेर बताए अनि भारत चुनाउ आयोगलाई कुनै पनि राजनैतिक प्रभावबिना निष्पक्ष रूपमा विषयको छानबिन गर्न आग्रह गरे। तिनले अन्तर्राष्ट्रिय स्तरकी खेलाड़ी ऋचा घोषको नाम कसरी रिभ्युमा रहन सक्छ भनेर प्रश्न पनि उठाए।
दार्जीलिङ जिल्ला सीपीएम(आई) का सचिव समन पाठकले वामपन्थी काउन्सिलर मुन्शी नुरुल इस्लाम र ऋचा घोषको नाम रिभ्युमा राखिएको बताए। तिनले यस्ता संवेदनशील विषयहरूमा चुनाउ आयोगले अझ बढ़ी सतर्कता अपनाउनुपर्ने बताए र यी चिन्ताहरूको प्रत्युत्तर स्वरूप यस्तो विरोध कार्यक्रम आयोजना गरिएको उल्लेख गरे।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.