Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

भाजपा सांसद खगेन मुर्मूको श्रीमती तृणमूलमा सामेल

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

भाजपा सांसद खगेन मुर्मूको श्रीमती अरुणा मार्डी तृणमूल कङ्ग्रेसमा सामेल भएकी छन्। बुधवार तृणमूल भवनमा शिक्षामन्त्री ब्रात्य बासु र वनमन्त्री बिरबहा हाँसदाको उपस्थितिमा अरुणा मार्डीले तृणमूलको झण्डा थामिन्। तृणमूलको झण्डा हातमा लिएपछि अरुणाले भनिन्, म सीपीएम र भाजपामा पनि थिएँ। तर त्यहाँ मलाई त्यति स्थान मिलेन। म एससी र एसटी महिलाहरूका लागि अझ बढ़ी कार्य गर्न चाहन्छु, त्यसैले यस दलमा आएको हुँ।
ब्रात्य बासुले भने, एक समय अरुणा सीपीएममा थिइन्। तिनी लोकतान्त्रिक महिला मोर्चाकी नेतृ पनि थिइन्। पछि तिनी भाजपामा प्रवेश गरिन्। खगेन मुर्मू जब सीपीएम त्यागेर भाजपामा गइन् र मालदा उत्तर लोकसभा क्षेत्रका उम्मेदवार बनिन् त्यति बेला प्रचारमा अरुणा पनि सक्रिय भइन्। तर अरुणा यसपल्ट तृणमूलमा सामेल भएकी छन्।
तर सांसद लोग्ने भाजपामा छन् अनि भाजपा सासंदकी श्रीमती अर्को दलमा सामेल? यस प्रश्नमा अरुणा मार्डीले जवाब दिइन्, सबैको आ–आफ्नै विचार हुन्छ। ती पनि त सीपीएमबाटै भाजपामा सामेल भएका हुन्। ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीको कार्य मलाई मन पर्छ। त्यसैले म तृणमूलमा सामेल बनेको हुँ। एउटै घरबाट दुईजना दुई भिन्नाभिन्नै दलमा रहने घटना पहिलो अनि अस्वाभाविक होइन।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.