Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बर्धमान रोड फ्लाइओभरको उद्घाटन पोष्टपोण्ड

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

बर्धमान रोड फ्लाइओभरको उद्घाटन अझै पछि सरेको छ। रेल्वेले फ्लाइओभरको कार्य अझै पूरा गर्न नसक्दा 31 मार्चसम्म समय मागेको छ। एसआईआरको काम जसरी अघि बढ़िरहेको छ, त्यसअनुसार मार्चमै चुनाउको घोषणा हुन सक्ने सत्तारूढ़ दलको अनुमान छ। यस्तो अवस्थामा मोडल कोड अफ कण्डक्ट लागू भए उद्घाटन र शिलान्यास रोक्नुपर्नेछ। यसकारण बर्धमान रोड फ्लाइओभरको उद्घाटन कार्यक्रम अनिश्चित बनेको छ। रेल्वेको भूमिकाप्रति सिलगढ़ीका मेयर गौतम देव अत्यन्तै क्षुब्ध बनेका छन्।
2018 मा निर्माण कार्य आरम्भ भएको यो फ्लाइओभर पटक–पटक विभिन्न कारणले जटिलतामा परेको छ। आरम्भमा डिजाइनमा त्रुटि देखियो। त्यसपछि कोरोना महामारीको कारण निर्माण कार्य रोक्नुपर्यो । अन्ततः सबै अवरोध हटेपछि रेल्वेको डेक निर्माणको कार्यले अवरोध सृष्टि भयो। कुनै पनि फ्लाइओभरमा रेललाइनको ठीक माथिल्तिरको डेक रेल प्रशासनले आफै निर्माण गर्छ। गत वर्षदेखि नै यो डेक निर्माणको कार्यबारे तानातान चलिरहेको छ। अन्ततः दिसम्बरमा रेल प्रशासन यस कार्यमा लागे पनि अहिलेसम्म सिमेण्ट ढलाईको कार्य आरम्भ हुन सकेको छैन। यो कार्य फरवरीमा आरम्भ हुने बताइएको छ। त्यसपछि एक्काइस दिनको समय दिनुपर्नेछ।
रेलले डेक निर्माण गरिरहेको भाग हस्तान्तरण गर्न 31 मार्चसम्म समय लाग्ने बताउँदै मङ्गलवार रेलका अधिकारीहरूले नगरपालिकामा आएर जानकारी दिए। यस विलम्बको कारण फ्लाइओभरको लागत 30 करोड़ रुपियाँदेखि बढ़ेर 70 करोड़ रुपियाँ पुगेको छ। मेयर गौतम देवले भने, रेल जानाजानी काम ढिलो गरिरहेको छ भन्ने मलाई शङका छ। कतै न कतै कुनै अदृश्य अवरोधले बारम्बार काम रोकेको जस्तो लाग्छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.