Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

15 वर्षमै आमा-बाबा बन्ने 28 हजार

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

आँखा तिरिमिरी हुने अवस्था छ। मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियामा लोजिकल डिस्क्रिपेन्सीको सीमामा कोचबिहार जिल्लाबाट बाहिर आएको तथ्याङ्कले सबैलाई चकित पारेको छ। तथ्याङ्कअनुसार, जिल्लामा लगभग 28 हजार यस्ता व्यक्ति छन् जसको उमेर तिनीहरूको बाबा वा आमासित केवल 15 वर्षको फरक देखिएको छ। त्यसो भए के यति धेरै मानिसहरू केवल 15 वर्षकै उमेरमा आमा वा बाबा बनेका हुन्? यो प्रश्न अहिले जिल्लामा एसआईआर कार्यमा संलग्न अधिकारीहरू तथा चुनाउ आयोगका अधिकारीहरूबीच चलिरहेकै छ। यति मात्र होइन लगभग 37 हजार दम्पत्तीको उमेर अन्तर 50 वर्ष देखिएको छ। एसआईआरको सुनुवाइ प्रक्रियाबारे पहिलेदेखि नै सम्पूर्ण राज्यमा हलचल मच्चिएको छ। यस विषयमा तृणमूल र भाजपाबीच तीव्र द्वन्द्व आरम्भ भइसकेको छ। लोजिकल डिस्क्रिरपेन्सीअन्तर्गत लाखौँ मानिसहरूलाई सुनुवाइका लागि बोलाइँदैछ। कोचबिहार जिल्लामा साढ़े चार लाखभन्दा अधिक मानिसहरूलाई पहिले नै लोजिकल डिस्क्रिपेन्सीको दायरामा सुनुवाइका लागि सूचना दिइसकिएको छ। यसै क्रममा यस्ता तथ्यहरू बाहिर आइरहेका छन् जसले सबैलाई स्तब्ध बनाइरहेको छ।
जिल्ला चुनाउ आयोग सूत्रअनुसार सन् 2002 को मतदाता सूचीसित बाबाको लिङ्केज देखाएका मतदाताहरूमध्ये जिल्लामा लगभग 2 लाख 78 हजार मानिसहरूको बाबाको नामसित कुनै लिङ्क फेला परेको छैन। यसको प्रमुख कारण बङ्गाली र अङ्ग्रेजी भाषाको जथाभावी प्रयोगको मिश्रण हो। सन् 2002 को मतदाता सूची बङ्गाली भाषामा थियो। अहिले काम अङ्ग्रेजीमा गरिएको छ। त्यो बेला धेरैको बाबाको नाममा चन्द्र, कुमार जस्ता मिडल नाम उल्लेख थिए जुन अहिले हटिसकेको छ। उदाहरणका लागि, कसैको थर राय हो भने 2002 मा अङ्ग्रेजी हिज्जे ROY थियो, अहिले त्यो RAY बनेको छ। यस सूचीमा असङ्ख्य विवाहित महिलाहरू पनि परेका छन्। सन् 2002 को सूचीसित बाबाको लिङ्केज देखाएका मानिसहरूमध्ये धेरैले पछि श्रीमानको थर अपनाएकाले दुई फरक थर देखिएको छ। कतिपय अवस्थामा एउटै बूथमा एउटै पहिचानसहित छ जनाभन्दा अधिक मतदाता भेटिएका छन्। यहाँसम्म कि लिङ्ग नै परिवर्तन भएको देखिएको छ। अर्थात् पुरुष मतदाता महिला बनेका छन् र महिला मतदाता पुरुष बनेका छन्। यस्ता सबै असङ्गतिकै कारण लाखौँ मानिसलाई सुनुवाइका लागि बोलाइएको हो। तर यति धेरै प्रकारका असङ्गतिका कारण सुनुवाइको लाइन पनि दिनप्रतिदिन लामो हुँदै गइरहेको छ। कामकाज छाडेर दिनभर लामो लाइनमा उभिनु परेकाले मानिसहरू आक्रोश व्यक्त गरिरहेका छन्।

सोमबार कूचबिहार सदर उपविभागीय अधिकारीको कार्यालय अगाडि कागजात हातमा लिएर उभिएका स्थानीय बासिन्दा ज्योतिप्रकाश बागचीले भने, “मेरो बुबाको नामको हिज्जे गलत छ। उहाँसँग मेरो उमेर अन्तर १५ वर्षभन्दा कम देखिएकाले मलाई सुनुवाइका लागि बोलाइएको हो। यो बिल्कुलै ठीक होइन। मैले सन् २००४ मै बुबाको नामको हिज्जे सच्याइसकेको थिएँ। त्यसो भए अहिले फेरि किन यही कारण देखाएर बोलाइयो?” उहाँजस्तै धेरैले आज यस्तै प्रश्न उठाएका छन्। कूचबिहारमा कुल ५० वटा केन्द्रमा एसआईआर अन्तर्गतको सुनुवाइ प्रक्रिया चलिरहेको छ। हप्ताको पहिलो कार्यदिवसमै सबै काम छाडेर लाइनमा उभिनुपर्दा सर्वत्र असन्तोष र आक्रोश प्रकट भएको देखिएको छ

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.