Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

जलपाइगढ़ी सर्किट बेञ्चको नयाँ भवन उद्घाटन हुने

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

कलकत्ता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चको नव–निर्मित भवनको उद्घाटन आगामी 17 जनवरीको दिन हुने तय भएको छ। उद्घाटनलाई लक्षित गर्दै भवनलाई बत्तीले सजाइएको छ भने अन्तिम तयारी तीव्र रूपमा अघि बढ़िरहेको छ।
सिलगढ़ी नगर निगमका मेयर गौतम देबले उद्घाटनको तयारीसितै व्यवस्थाको समीक्षा गर्न स्थलको निरीक्षण गरे। तिनीसित जलपाइगढ़ी नगरपालिकाका अध्यक्ष सैकत चट्टोपाध्याय पनि उपस्थित थिए। तिनीहरूले नयाँ परिसरको पूर्वाधार, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापन पक्षको निरीक्षण गरे। आधिकारिक सूअनुसार उद्घाटन समारोहमा भारतका प्रधान न्यायाधीशको उपस्थिति रहने अपेक्षा गरिएको छ।
निरीक्षणका क्रममा बोल्दै मेयर गौतम देबले जलपाइगढ़ी सर्किट बेञ्चको स्थापनाले उत्तर बङ्गालका जनसाधारणको दीर्घकालीन माग पूरा भएको बताए। राज्य सरकारले सर्किट बेञ्च भवन निर्माणका लागि 501 करोड़ रुपियाँ विनियोजन गरेको पनि तिनले जानकारी दिए। उत्तर बङ्गालका मुद्दा–मामिलाका पक्षकारहरूलाई अब न्यायिक कार्यका लागि कलकत्ता जान नपरोस् भन्ने उद्देश्यमा मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा यो कदम चालिएको तिनले स्पष्ट पारे।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.