Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

4 लाख मानिसहरूलाई नोटिश पठाउने चुनाउ आयोगको तयारी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

तथ्यगत (लोजिकल) असङ्गतिका कारण कोचबिहार जिल्लामा लगभग 4 लाख मानिसहरूलाई सुनुवाइका लागि बोलाइने सम्भावना रहेको छ। जिल्ला प्रशासन सूत्रबाट यस्तै जानकारी सार्वजनिक भएको हो। मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) अन्तर्गतको सुनुवाइ चरणमा अहिलेसम्म ती व्यक्तिहरूलाई मात्र बोलाइँदै थियो जसले 2002 को सूचीसित कुनै प्रकारको लिङ्क (परिवारका सदस्यको सम्बन्ध) देखाउन सकेका थिएनन्। तर अब तथ्यगत असङ्गतिका कारण जिल्लाका नौवटै विधानसभा क्षेत्रबाट प्रत्येक क्षेत्रमा लगभग 20 देखि 40 हजार मानिसहरूलाई सुनुवाइका लागि बोलाइने सम्भावना रहेको खबर छ। यो खबर बाहिरिएसितै विभिन्न क्षेत्रमा चिन्ता बढ़ेको छ।
नयाँ रूपमा धेरै मानिसहरू हैरानीको शिकार हुन सक्ने अड़कल राजनैतिक वृत्तमा चल्न थालेको छ। तथ्यगत असङ्गतिका कारण कसलाई सुनुवाइमा बोलाइनेछ? चुनाउ आयोग (ईसी) सूत्रअनुसार मतदाता सूचीमा धेरै व्यक्तिहरूको नामको हिज्जेमा त्रुटि छ। आमा-बाबा वा परिवारका अन्य सदस्यहरूको नामको हिज्जेमा पनि गल्ती भेटिएको छ। साथै एसआईआर फारम भर्ने क्रममा धेरैले जन्म मिति सही उल्लेख गरेका छैनन्। कतिपयको हकमा 2002 मा उल्लेख गरिएको जन्म मिति वा जन्म वर्ष र एसआईआर फारममा लेखिएको जन्म मिति मेल खाँदैन। यसको अतिरिक्त कसैको आमा बाबासित उमेरको अन्तर 15 वर्षभन्दा कम्ती वा 50 वर्षभन्दा अधिक भए पनि तिनीहरूलाई तथ्यगत असङ्गतिको दायरामा राखिएको छ। एउटै पिताको परिचयमा छजना भन्दा अधिक सन्तान देखिए पनि सोही श्रेणीमा राखिँदैछ।
2002 को सूचीमा बाजे–बोजूसित लिङ्क देखाएका व्यक्तिहरूको हकमा पनि तथ्यगत असङ्गतिको जटिलता देखिएको छ। बाजे-बोजू र नाति–नातिनीबीच उमेर अन्तर 40 वर्षभन्दा कम्ती भए तिनीहरू पनि यस नियमको दायरामा पर्छन्। यी सबैलाई नोटिश पठाई सुनुवाइका लागि बोलाइनेछ। हालसम्म जिल्लाका नौ विधानसभा क्षेत्रमध्ये कोचबिहार उत्तर र दक्षिण क्षेत्रमा क्रमशः 24 हजार र 27 हजार नाममा तथ्यगत त्रुटि फेला परेको छ। बाँकी विधानसभा क्षेत्रहरूको विवरण भने अझै प्राप्त भएको छैन। जिल्ला प्रशासनका एक अधिकारीअनुसार, प्रतिदिन उक्त चार लाखको सङ्ख्या परिवर्तन भइरहेको छ। तर मोठ कतिजनालाई सुनुवाइमा बोलाइनेछ भन्ने विषय अझै निश्चित भएको छैन। शुक्रवारदेखि बूथ लेभल अफिसरहरू (बीएलओ) घर–घर गएर नोटिश वितरण गर्नेछन्। तर जसको त्रुटि तुरुन्तै सुधार गर्न सकिन्छ वा त्यसको पक्षमा कागजात उपलब्ध छन् ती विवरण पोर्टलमा अपलोड गरी उक्त चार लाखको सूचीबाट हटाइँदैछ। सुनुवाइमा कम्ती भन्दा कम्ती मानिसलाई बोलाउने लक्ष्यसित यो प्रक्रिया चलिरहेको छ। एसआईआर प्रक्रिया आरम्भ हुनअघि 2025 को मतदाता सूचीअनुसार जिल्लामा मोठ मतदाताको सङ्ख्या 24 लाख 90 हजार 789 थियो। एसआईआरमार्फत अनुपस्थित, अन्यत्र सरेका, मृत वा दोहोरो मतदातालाई छुट्याएर हटाइएको छ। त्यसपछि मस्यौदा सूचीमा मतदाताको सङ्ख्या घटेर 2377419 पुगेको छ। यसरी मोठ मतदातामध्ये लगभग 20 प्रतिशतलाई सुनुवाइका लागि बोलाइने सम्भावना रहेको छ। यद्यपि यस विषयमा कुनै पनि अधिकारीले टिप्पणी गर्न चाहेका छैनन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.