Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

नयाँ वर्षमा दलसिंहपाड़ा चियाबारी सुचारु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

नयाँ वर्षको आरम्भसितै उत्तर बङ्गालका चियाबारीमा खुशीको खबर आएको छ। बाँकी तलब र बोनस नपाएको कारण लगभग साढ़े दुई वर्षदेखि बन्द रहेको अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकअन्तर्गत दलसिंहपाड़ा चियाबारी अन्ततः खोलिएको छ। चियाबारीका मालिक पक्ष र श्रमिक युनियनका नेताबीच बैठक भएपछि चियाबारी पुनः सञ्चालनमा आएको हो। शुक्रवार बिहानदेखि श्रमिकहरू चियाबारीमा पुगेर कार्य आरम्भ गरे।
समस्याको सुरुआत सन् 2023 मा भएको थियो। पूजाअघि बोनस दिने विषयबारे कर्मचारीहरू र चियाबारीका मालिक पक्षबीच विवाद चर्किएको थियो। त्यहाँदेखि यता दलसिंहपाड़ा चियाबारी बन्द नै रहेको थियो। अन्ततः श्रमिक सङ्गठनका नेताहरूसित बैठक भएपछि कर्मचारीहरूले पुनः चियाबारीमा कार्य आरम्भ गरेका हुन्।
यसबारे जानकारी दिँदै होलीअघि नै कर्मचारीहरूको बाँकी रकम भुक्तान गरिने चियाबारीका प्रबन्धक अजय सिंहले बताए। साथै पूजाअघि नै तिनीहरूको बाँकी बोनस पनि दिइने तिनले आश्वासन दिएका छन्। लामो समयपछि चियाबारी खोलिएकाले अब कसरी हेरचाह गरिने र त्यसको खर्च कसरी जुटाइने भन्ने विषयमा समीक्षा गरिँदैछ। तर यति धेरै छलफलपछि पनि समस्या साँच्चै समाधान भयो कि भएन भन्ने प्रश्न भने कायम नै छ। शुक्रवारदेखि चियाबारी खोलिए पनि चियाबारीका केही श्रमिकहरू अझै काममा फर्किएका छैनन्। श्रमिक युनियनका नेताहरू आफै बैठकमा गएका थिए र त्यहाँ श्रमिकहरूको माग–दाबीबारे कुनै विषय नउठाइएको तिनीहरूको आरोप छ। साथै बाँकी रकम नतिरी नै चियाबारी खोलिएकोप्रति पनि केही कर्मचारीहरूले असन्तोष व्यक्त गरेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.