Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

नव ज्योति पूर्व सैनिक समाज भवनको उद्घाटन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

जीटीएमार्फत नागरी धजे समष्टि अन्तर्गत पर्ने मगरजोङ चियाबारीको माथिल्लो विभागमा निर्माण गरिएको नव ज्योति पूर्व सैनिक समाज भवनको विधिवत रूपमा उद्घाटन गरिएको छ। उद्घाटन समारोह सङ्गठनका अध्यक्ष जी. बी. खवासको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक योगेश राईले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सभाध्यक्ष अञ्जुल चौहान रहेका थिए। विशिष्ट अतिथिहरूमा पोख्रेबुङ ग्राम पञ्चायत तीनका प्रधान विकास शङ्कर, उप–प्रधान अजय सुब्बा, मगरजोङ चियाबारीका महाप्रबन्धक सिद्धार्थ सुब्बा, सह–प्रबन्धक सुनिल थापा, एम. के. भित्रिकोठी, भूतपूर्व क्याप्टेन अर्पण थापा, भूतपूर्व अनरी क्याप्टेन पी. टी. लेप्चा, इन्दिरा ओझा, उच्चत्तर माध्यमिक विद्यालयका प्रधानाध्यापक विकास शर्मा, मगरजोङ चियाबारीका बड़ाबाबु ब्रिजमणि तामाङ, दीप कुमार प्रधान लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भवनको निर्माण कार्य केही महीनाअघि नै सम्पन्न भए पनि औपचारिक उद्घाटन कार्यक्रम हालसम्म हुन नसकेको कारण विशेष समारोहका साथ उद्घाटन गरिएको जानकारी आयोजक पक्षले दिएको छ। स्थानीय समुदायका साना–ठूला सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्न सहज हुने उद्देश्यले निर्माण गरिएको यस भवनले क्षेत्रीय सामाजिक गतिविधिमा महत्त्वपूर्ण योगदान पुर्याशउने विश्वास व्यक्त गरिएको छ।
यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल अनित थापा तथा क्षेत्रीय सभासद अञ्जुल चौहानप्रति आवश्यक सहयोग र समर्थनका लागि नव ज्योति पूर्व सैनिक समाजको तर्फबाट हार्दिक आभार प्रकट गरियो। यस अवसरमा बोल्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सभाध्यक्ष अञ्जुल चौहानले आयोजक समितिले सभाज भवन निर्माणका लागि सहयोग पुर्यााएको अनि जीटीए मुख्य कार्यपाल अनित थापा तथा आफूप्रति व्यक्त गरिएको आभारप्रति हार्दिक धन्यवाद व्यक्त गरे। तिनले भने, यो भवन केवल एउटा संरचना मात्र नभई पूर्व सैनिकहरूको एकता, सम्मान र सामाजिक योगदानको प्रतीक हो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.