Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मेधावी विद्यार्थीहरू सम्मानित

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

गाउँ सुधार समिति, थाना लाइन, वार्ड नम्बर 3, मिरिकले आफ्नो वार्षिक साधारण सभामा मेधावी विद्यार्थीहरू अनि वरिष्ठ सदस्यहरूलाई तिनीहरूको उल्लेखनीय उपलब्धिहरूका लागि सम्मान जनाएको छ। सम्मानित मेधावी विद्यार्थीहरुमा अनुज राई र बिसक्चा राई, आईएससी टप्परहरू, रेहान सार्की, नन्दिका राई र नामग्याल शेर्पा, आ-आफ्नो कक्षामा कक्षा टप्परहरूलाई तिनीहरूको शैक्षिक उत्कृष्टताका लागि सम्मान गरेको छ। भोइस अफ मिरिकका संस्थापक यवन गुरुङलाई पनि तिनले पत्रकारितामा दिएका योगदानका लागि सम्मान गरिएको छ।
गाउँ सुधार समितिका उपाध्यक्ष उमेश तोलांगीले भने, पुरस्कार प्राप्तकहरू युवा पुस्ताका लागि प्रेरणाको स्रोत हुन् र हामी तिनीहरूको उपलब्धिहरूमा गर्व गर्छौँ। प्रत्येक व्यक्तिलाई पहिले आफ्नै समाजमा पहिचान गरिन्छ र त्यसमा नै तिनीहरूको वास्तविक मूल्य निहित छ। यस सम्मानले तिनीहरूलाई प्रेरित गर्नेछ र यसले समाजका युवाहरूका लागि मार्ग प्रदान गर्नेछ। तिनीहरू हाम्रा स्तम्भ हुन् र हामी तिनीहरूको भविष्यका प्रयासहरूलाई समर्थन गर्न प्रतिबद्ध छौँ।
गाउँ सुधार समिति मिरिकको सबैभन्दा सक्रिय समाजहरूमध्ये एक हो जसले विभिन्न सामाजिक कार्यहरू, गाउँमा एकता प्रबर्द्धन गर्ने र अभावमा परेकाहरूलाई सहयोग प्रदान गर्ने कार्य निरन्तर गरिरहेको छ। यस समाजका धेरै युवाहरू मिरिकका मानिसहरूका लागि प्रेरणाका स्रोत बनेका छन् अनि मानिसहरूले तिनीहरूको प्रशंसा पनि गरिरहेका छन्। समाजले प्रत्येक वर्ष सबै क्षेत्रमा लागिपरेका युवाहरूलाई प्रेरित गर्न यस्ता कार्यक्रमहरू आयोजना गर्दछ र यस्तो प्रेरणाको कारणले गर्दा विद्यार्थीहरूले स्कूल वा बोर्ड परीक्षामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
समारोहमा समाजका अध्यक्ष रेश्मा तामाङ, सचिव सामतेन तामाङ र पूर्व पदाधिकारीहरू सञ्जय खालिङ, अनुप राई र बुरिन तामाङ लगायतको उपस्थिति थियो। कार्यक्रमले उत्कृष्टताप्रति प्राप्तकहरूको समर्पण र प्रतिबद्धतालाई मान्यता दियो जसले समुदायका अरूलाई प्रेरणा दिँदछ। पुरस्कार विजेताहरूलाई तिनीहरूको उत्कृष्ट प्रदर्शनमा समितिले हार्दिक बधाई टक्र्याएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.