Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

7 वर्षपछि पहाड़मा हिमपातको आशा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

वर्षको अन्त्यमा वर्षा र नयाँ वर्ष स्वागतका बेला हिमपात! यो वर्ष पहाड़मा पर्यटकहरूले यस्तो अनौठो अनुभव लिन सक्ने सम्भावना देखिएको छ। लगभग दुई सयदेखि दुई सय पचास वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बादलको समूह भूपृष्ठको निकै नजिक उत्तर बङ्गाल र पहाड़ी क्षेत्रमा रहेको छ। यसै बादलका कारण बाक्लो कुहिरो लागेको छ। त्यससितै निकै चिसो पनि परेको छ। कताकता हल्का वर्षा भइरहेको छ। तर वर्षको अन्तिम दिन दार्जीलिङ, कालेबुङ र सिक्किममा राम्रै मात्रामा वर्षा हुने अनुमान गरिएको छ। त्यसको प्रभावले 1 जनवरी रातदेखि नै हिमपात आरम्भ हुने सम्भावना छ। दार्जीलिङमै बसेका पर्यटकहरूको भाग्यमा यसपल्ट हिमपात देख्ने अवसर नपर्न सक्छ। हिमपात भने सिक्किमभरि हुने सम्भावना छ। भाग्यले साथ दिए सन्दकफु र टाइगर हिलमा पनि हिमपात हुन सक्छ।
नयाँ वर्ष स्वागतका बेला सात वर्षअघि हिमपात भएको थियो। त्यो वर्ष भने दार्जीलिङमै पनि हिमपात परेको थियो। सम्पूर्ण दार्जीलिङ, घुम र सुखेपोखरी सेता हिउँले ढाकिएका थिए। मुख्यतः त्यही समयदेखि जाड़ो मौसममा पर्यटकहरूको पहाड़तर्फको आगमन एक प्रकारको आकर्षण र नशाजस्तै बन्न पुगेको हो। केन्द्रीय मौसम विभागको अनुमानअनुसार 3 जनवरीसम्म उत्तर बङ्गालभरि वर्षा र पहाड़मा हिमपात दुवै हुने सम्भावना छ। आइतवार पनि पहाड़भरि पर्यटकहरूको भीड़ देखिएको छ।
अधिकांश पर्यटक पहाड़का विभिन्न स्थानमा रहेका होमस्टेहरूमा बसेका छन्। यसले दार्जीलिङको सवारी जामबाट जोगिनुका साथै होटलमा बस्दा लाग्ने अतिरिक्त खर्चको झञ्झट पनि कम्ती भएको छ। यीमध्ये अधिकांश पर्यटक नयाँ वर्षलाई पहाड़मै बसेर स्वागत गर्न चाहन्छन्। नयाँ वर्षमा हिमपात नपरे पनि तिनीहरू दुःखी छैनन्। उत्तर दिशामा फैलिएका बाक्लो बादल र पश्चिमी हावाको संयोजनले बनेको जाड़ोको मौसमले नै तिनीहरूलाई सन्तुष्ट बनाएको छ। हाउड़ाडाबाट परिवारसहित अप्पर सिटोङ घुम्न आएका सन्दीप मिश्रले भने, हिमपात हेर्नकै लागि आएको हुँ। नदेखिए पनि दुःख छैन। पहाड़मा अहिले यति चिसो छ कि दिनभरि ओढ्नीभित्र बेडमै बसेर जाड़ो कटाइरहेका छौँ। कोलकाताको बरानगरबाट कालेबुङ घुम्न आएकी रेखा पात्रले पनि भनिन्, हिमपात देख्न पाए अझ राम्रो हुन्थ्यो। तर जाड़ो मौसम आफैमा निकै रमाइलो लागिरहेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.