Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

रेलमार्गमा क्लोज सर्किट क्यामेरा जड़ान गर्ने निर्णय

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

असमको होजाईस्थित लामडिङ डिभिजनमा राजधानी एक्सप्रेसको ठक्करले सातवटा हात्तीको मृत्यु भएको घटनापछि पश्चिम बङ्गालमा पहिलोपल्ट परीक्षणका रूपमा रेल ट्र्याकमा क्लोज सर्किट क्यामेरा जड़ान गर्ने निर्णय जलदापाड़ा वन विभागले लिएको छ। हाल उत्तर–पूर्व सीमावर्ती रेलवेको डुवर्स रूटअन्तर्गत मदारीहाट र निलपाड़ा रेञ्ज हुँदै जाने रेल ट्र्याकका दुईवटा हात्ती करिडोरमा वायरलेस सीसी क्यामेरा जड़ान गरिनेछ। यी क्यामेराहरू सिधै जलदापाड़ा राष्ट्रिय निकुञ्जको मुख्य कण्ट्रोल रूमबाट निगरानी गरिनेछ। यी क्यामेराहरूमा 24 घण्टै निगरानी गरिनेछ। ती दुई क्षेत्रमा हात्ती रेल लाइनमा प्रवेश गरे लगत्तै अलिपुरद्वार डीआरएम कार्यालयको कण्ट्रोल रूममा सूचना पठाइनेछ। यसका माध्यमबाट जङ्गली जनावरहरूले रेल लाइन पार गर्ने बेला उक्त ट्र्याक हुँदै आउने रेलहरूको गति नियन्त्रण गर्न सकिनेछ।
अर्कातिर डुवर्सको लाटागुड़ी जङ्गलको बीच भागमा पर्ने तीन किलोमिटर लामो रेल मार्गमा हात्तीको उपस्थितिलाई ध्यानमा राख्दै फाइबर अप्टिक्स केबल (एक प्रकारको सेन्सर) जड़ान गर्ने निर्णय लिइएको छ। यसको माध्यमद्वारा ट्र्याकमा हात्ती प्रवेश गरे रेलको कण्ट्रोल रूमलाई तुरुन्त सूचना पुग्नेछ। उत्तर–पूर्व सीमावर्ती रेलवेका प्रमुख जनसम्पर्क अधिकारी कपिञ्जलकिशोर शर्माले भने, लाटागुड़ी जङ्गलको उक्त मार्ग हात्ती करिडोर भएको हुँदा त्यहाँ निश्चित गतिमा मात्र रेल सञ्चालन हुन्छ। अब त्यहाँ सेन्सर जड़ानको कार्य आरम्भ गरिएको छ। शनिवार असमको होजाईमा सातवटा हात्तीको मृत्यु र नोभेम्बर 30 मा उत्तर–पूर्व सीमावर्ती रेलवेको खोलाईग्राम स्टेशननजिक मालगाड़ीको ठक्करले दुईवटा जङ्गली हात्तीको मृत्युको घटनाले वन विभागलाई गहिरो रूपमा विचलित बनाएको छ। त्यसैले रेलले जड़ान गरेको इण्ट्रुजन डिटेक्शन सिस्टम वा आईडीएस प्रविधिमा मात्र भर नपरी प्रत्यक्ष लाइभ क्यामेरा प्रविधिमाथि वन विभागले जोड़ दिएको हो।
असमको होजाई वा खोलाईग्रामनजिक भएको यी दुवै दुर्घटनाग्रस्त स्थलहरू हात्तीका मान्यता प्राप्त करिडोर क्षेत्र होइनन्। यसले गर्दा हात्तीहरू आफ्नो परम्परागत आवागमन मार्ग परिवर्तन गर्दै खाना खोज्दै अपरिचित र अज्ञात स्थानतर्फ सर्न थालेको प्रवृत्तिले वन विभाग चिन्तित बनेको छ। विशेष गरी पाकेको धानको आकर्षणले नोभेम्बरदेखि जनवरीसम्म हात्तीहरू अपरिचित बस्ती क्षेत्रमा पस्ने प्रवृत्ति रोक्न जलदापाड़ा वन विभागले सीसीटीभी क्यामेरा जड़ान गर्ने निर्णय गरेको हो। यदि यसमा सफलता प्राप्त भए चरणबद्ध रूपमा राज्यभरि वनबहुल रेल ट्र्याकहरूलाई सीसीटीभी क्यामेराको निगरानीमा ल्याउने योजना वन अधिकारीहरूको रहेको छ। यी सीसीटीभी क्यामेरा युनिटहरू सौर्य ऊर्जाबाट सञ्चालन गरिनेछन्। जलदापाड़ा वन विभागका डीएफओ पर्विन कसवानले भने, हाल मदारीहाट र निलपाड़ा रेञ्जका दुई स्थानमा रेल ट्र्याकनजिक क्यामेरा जड़ान गरी हात्तीको गतिविधिमाथि 24 घण्टा निगरानी गरिनेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.