Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

युनाइटेड ट्याक्सी सेण्डिकेट भागोप्रमोमा आबद्ध

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

युनाइटेड ट्याक्सी सेण्डिकेट वेल्फेयर एसोसिएशन आज औपचारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को भातृ सङ्गठनको रूपमा आबद्ध भएको छ। दार्जीलिङस्थित भागोप्रमोको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा एसोसिएशनले पार्टीको झण्डा ग्रहण गरेको हो।
कार्यक्रममा पार्टीका महासचिव अमर लामा, राजेश चौहान, उदय देवान, प्रभाष्कर ब्लोन अनि आलोक कान्तमणि थुलुङलगायत अन्य नेताहरूको उपस्थिति थियो। उक्त कार्यक्रममा सेण्डिकेट एसोसिएशनको भागोप्रमो पार्टीमा प्रवेश कार्यक्रम सम्पन्न भयो। 17 वटा ट्याक्सी सेण्डिकेट मिलेर बनिएको यस वेलफेयर एसोसिएशनले पार्टीप्रति विश्वास र सहकार्यको प्रतिबद्धता जनाएको छ।
कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै एसोसिएशनका महासचिव रवि थापाले पार्टीमा ट्याक्सी चालक तथा सञ्चालन समुदायको प्रवेश संस्थागत सङ्गठन विस्तारको दृष्टिले ऐतिहासिक रहेको बताए। तिनले आगामी दिन परिवहन क्षेत्रका समस्याहरू समाधान गर्ने तथा चालकवर्गको हितमा पार्टीले ठोस पहल गर्ने बताए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.