Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

दिव्याङ्ग विद्यार्थीहरूको प्रकृति अध्ययन शिविर

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

कतिले केही सय किलोमिटरको यात्रा त कतिले हजार किलोमिटरसम्म यात्रा गरे पनि तिनीहरूको अनुहारमा थकानको कुनै छाप देखिन्न। उल्टै तिनीहरूमा उत्साह झल्किएको देखिन्छ। दृष्टि छैन, श्रवण शक्ति पनि छैन। तर त्यसले केही फरक पार्दैन। पहाड–जङ्गलको मौनता, चराहरूको कलरव र उत्तरबाट बहने चिसो हावा। यी सबै अनुभूति गर्न तिनीहरू सक्षम भएका छन्। उत्तर बङ्गालको परिचित पर्यावरणप्रेमी संस्था न्याफले यो वर्ष आफ्नो 34औँ वार्षिकोत्सव मनाइरहेको छ। यस अवसरमा संस्थाको पहलमा विशेष रूपमा दिव्याङ्ग विद्यार्थीहरूसित प्रकृति अध्ययनको विशेष शिविर कालेबुङ जिल्लाको जलढाका थानाअन्तर्गत सामसिङ कम्पाउण्ड बस्तीमा आयोजना गरिरहेको छ।
बङ्गाल मात्र होइन तर गुजरात, राजस्थान, बिहार, झारखण्ड र उड़िस्साबाट जम्मा 85 जना विद्यार्थीहरूले यस शिविरमा सहभागिता जनाएका छन्। बिहीवारदेखि आरम्भ भएको यो शिविर आगामी 23 दिसम्बरसम्म चल्नेछ। शिविरको उद्घाटन समारोहमा कालेबुङ वन विभागका डीएफओ चित्रक भट्टाचार्य उपस्थित थिए। न्याफका सचिव दीपनारायण तालुकदार र प्रवक्ता अनिमेष बसुले जानकारी दिएअनुसार शिविरमा रायडाक, घिसलगायत उत्तर बङ्गालका विभिन्न नदीहरूको नाममा टेण्टहरू स्थापना गरिएको छ। विभागहरूको नामकरणमा पनि नवीनता देखिएको छ। जस्तै मूक तथा बधिर विद्यार्थीहरूको विभागलाई कोकिल नाम दिइएको छ भने व्हीलचेयरमा आएका विद्यार्थीहरूको विभागको नाम चिता राखिएको छ।
दिव्याङ्ग भए पनि विद्यार्थीहरूका लागि कुनै पनि हल्का कार्य राखिएको छैन। तीव्र धारको नदी पार गर्ने, जङ्गलमा गएर बर्मा ब्रिज पार गर्ने लगायतका विभिन्न चुनौतीहरूमा नानीहरू सहभागी भइरहेका छन्। तर कसैको मनमा डर छैन। केही गरेर देखाउने अठोट र निष्कपट आनन्द मात्र छ। यस शिविरका प्रमुख प्रशिक्षक जीवनकृष्ण रायले भने, विशेष रूपमा सक्षम विद्यार्थीहरू धेरै संवेदनशील हुन्छन्। त्यसैले तिनीहरूलाई सिकाउने काम पनि अनुभूतिसित जोड़ेर गर्नुपर्छ। अनिमेष बसुले भने, आधा भन्दा अधिक काम त प्रकृतिले नै तिनीहरूका लागि मौन रूपमा गरिदिन्छ। बाँकी प्रकृतिसित परिचय गराउने काम गाइडहरूले गर्छन्। तिनले थपे, यो शिविर समाप्त भएपछि आगामी 25 दिसम्बरदेखि सामसिङ कम्पाउण्ड बस्तीमै अर्को समूहका विद्यार्थीहरूका लागि पनि प्रकृति अध्ययन शिविर आयोजना गरिनेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.